३३ किलो सुन भारतले फिर्ता नगर्ने ! - Himal Post Himal Post
  • २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
Logo

३३ किलो सुन भारतले फिर्ता नगर्ने !



काठमाडौं । मंसिर २९ गते कोलकाताको धनकुनीमा ३३ किलो सुन र दुई नेपाली समातिए । त्यो त्रिभुवन विमानस्थलबाट गायब भएकै ३३ किलो सुन भएको र ती व्यक्ति गोरेकै गिरोहका सदस्य भएको निष्कर्ष छानबिन समितिले निकालेको छ ।

तर सुन फिर्ता आउने त कुरै भएन, तस्करी अनुसन्धान गर्न पनि नेपालले दिल्लीमार्फत कुटनीतिक पहल गर्नुपर्ने भएको छ । गृह मन्त्रालयले यसको सुरुवात पनि गरिसकेको छ ।

सुन र दुई व्यक्ति पक्राउ पर्नेबित्तिकै त्यसबारे भारतीय अधिकारीहरुले कोलकाताको नेपाली महावाणिज्य दूतावासलाई जानकारी गराएका थिए ।

शुरुमा उनीहरुले अनुसन्धानमा सहयोग गर्ने भनेपनि तर पछिल्लो समय भारतीय अधिकारीहरुले बोली फेरेका छन् । अहिले भारतले आफ्नो भूमिमा बरामद सुन फिर्ता नगर्ने बताएको छ ।