ठुलो दुर्घटनाबाट जोगियो समिटको जहाज ! - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

ठुलो दुर्घटनाबाट जोगियो समिटको जहाज !



समिट एयरको विमान दुर्घटनाबाट जोगिएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लुक्लाको तेञ्जिङ हिलारी विमानस्थल आएको नाइन एनएएमएच कल साइनको उक्त जहाज धावनमार्गमा अवतरण गर्ने क्रममा उफ्रिएर पछाडिको भागले जमीन छोएको प्रहरी निरीक्षक प्रद्युम्न अधिकारीले जानकारी दिए।

पाइलटले अटो प्लाइलोट अन गर्न भुल्दा विमानको पछाडिको भागले जमीन छुँदा सामान्य कुच्चिए पनि कुनै मानवीय क्षति नभएको नागरिक उड्ययन प्राधिकरण लुक्लाले जनाएको छ। विमानमा १८ विदेशी सवार थिए। विमानमा सामान्य क्षति पुगेपछि काठमाडौंबाट प्राविधिक टोली आई जाँच गरेपछि अपराह्न ३ः१० मा पुनः काठमाडौं फर्किएको छ।

खुम्बु पासाङ ल्हामु गाउँपालिका–२ मा रहेको उक्त विमानस्थल आन्तरिक उडान हुने अन्य विमानस्थलमध्ये व्यस्त छ। प्राविधिक दृष्टिकोणले विमानस्थल अति संवेदनशील मानिन्छ। धावनमार्ग अति छोटो भएकाले पनि उडान भर्दा समस्या आउने गरेको विमान चालकको भनाइ छ।

तस्विर: देश सञ्चार