सुगार्मी र कैलाशबीच दुबईमा रातभर गोप्य वार्ता - Himal Post Himal Post
  • २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
Logo

सुगार्मी र कैलाशबीच दुबईमा रातभर गोप्य वार्ता



काठमाडौँ ।कान्तिपुरका मालिक कैलाश सिरोहिया र थाहा सञ्चारका मालिक अजय सुमार्गीवीच कुन तहको विवाद रहेछ भन्ने पछिल्लो पटक सुमार्गीले प्रशासनमा ज्यानको खतरा रहेको भन्दै दिएको उजुरीले प्रस्ट पारेको छ ।

तर, कैलाशबाट जिउधनको सुरक्षा खतरा रहेको भन्दै प्रशासनमा निवेदन दिएका सुगार्मी र कैलाशबीच गोप्य वार्ता भएको समाचार आजको जनआस्था साप्ताहिकले लेखेको छ । पत्रिकाले जनाए अनुसार उनीहरुबीच दुबईमा रातभर संवाद भएको छ ।

पत्रिकाका अनुसार फ्लाई दुबईको जवाजबाट सुमार्गी पुस १३ गते दुबई गएको र त्यसको अर्को दिन कैलाश पनि सोही उडानबाट त्यहाँ पुगेका थिए । कैलाश त्यहाँ पुगेपछि दुईबिच भेट भएको समाचारमा उल्लेख छ । सुमार्गी १५ गते काठमाडौँ फर्केका छन् भने कैलाश भने अझै उतै रहेको पत्रिकाले आफ्नो समाचारमा उल्लेख गरेको छ । कैलाश र सुमार्गीलाई स्वामी भनेर सम्बोधन गर्ने गरेको पनि जनआस्थाको समाचारमा छ ।

सुमार्गीले पुस १३ गते काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा कैलाशबाट ज्यानधनको सुरक्षा गरी पाउँ भन्दै निवेदन दिएका थिए । लगत्तै उनी त्यसै दिन दुबई गएका थिए ।

त्यसको भोलिपल्ट सम्पत्ति शुद्धिकरण मुद्दामा पक्राउ पर्ने डरले सुमार्गी विदेश उडेको भन्दै कान्तिपुरमा समाचार नै प्रकाशित भएको थियो । सुमार्गीको परिवारले भने पूर्वनिर्धारित कार्यक्रममा भाग लिन दुबई गएको जनाएको थियो ।