अजेयराज सुमार्गीको लाइसेन्स खारेज - Himal Post Himal Post
  • १३ फाल्गुन २०८१, मंगलवार
  •      Tue Feb 25 2025
Logo

अजेयराज सुमार्गीको लाइसेन्स खारेज



काठमाडौं- सर्वोच्च अदालतले व्यवसायी अजेयराज सुमार्गीको नेपाल स्याटेलाइट टेलिकमको लाइसेन्स खारेज गर्ने नेपाल टेलिकमको निर्णललाई सदर गरिदिएको छ।

‘दूर सञ्चार ऐन २०५३ को दफा २८(४) बमोजिम अनुमतिपत्र खारेज गरिएको अवस्थामा चित्त नबुझ्ने व्यक्तिले नेपाल सरकार समक्ष उजुरी गर्न पाउने अवस्था समेत रहेको छ,’ आदेशमा भनिएको छ, ‘आफूले भुक्तान गर्नुपर्ने रकम नबुझाइ आलटाल गरेको अवस्थामा कानून बमोजिमको कारबाही र परिणाम व्यहोर्नु स्वाभाविक र नियमित प्रक्रिया हुन्छ, तसर्थ सुबिधा सन्तुलनका दृष्टिले विचार गर्दा अन्तरिम आदेश जारी गर्नु मनासिव देखिएन।’

सर्वोच्चका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र डा. मनोजकुमार शर्माको संयुक्त इजलासले लाइसेन्स बुझाउने निर्णय रोक्न अन्तरिम आदेश जारी गर्नु मनासिव नरहेको ठहर गरेको हो।

नेपाल स्याटेलाइट टेलिकम प्रालिका तर्फबाट सुभाषचन्द्र पौडेलले नेपाल दुरसञ्चार प्राधिकरणलाई विपक्षी बनाएर साउन २९ गते सर्वोच्चमा मुद्दा दायर गरेका थिए।