एमसीसी उपाध्यक्ष फर्केलगत्तै चिनियाँ राजदूतको दौडधुप, बिहानै पुगिन नेताहरूको निवासमा - Himal Post Himal Post
  • १ माघ २०८१, मंगलवार
  •      Tue Jan 14 2025
Logo

एमसीसी उपाध्यक्ष फर्केलगत्तै चिनियाँ राजदूतको दौडधुप, बिहानै पुगिन नेताहरूको निवासमा



काठमाडौँ- अमेरिकी सहयोग नियोग एमसीसीकी उपाध्यक्ष फतिमा सुमार चार दिने भ्रमण सकेर अमेरिका फर्केलगत्तै चिनिया राजदूत होउ यान्छी सक्रिय बनेकी छन् । नेपालले एमसीसी लिन अस्विकार गरेको खण्डमा अन्य वैदेशिक सहयोग समेत अन्दा गर्ने धम्की दिएर सुमार आइतबार फर्केलगत्तै यान्छी सक्रिय बन्नुलाई अर्थपूर्ण मानिएको छ ।

नेपालमा पछिल्लो राजनीतिक उथलपुथलपछि खासै भेटघाट नगरेकी यान्छीले अहिले भने शिर्ष नेताहरूलाई भेट्न थालेकी छन् चिनियाँ राजदूत यान्छी नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल निवास कोटेश्वर पुगेकी छन् ।

उनी मंगलबार बिहान नेपाललाई भेट्न नेपाल निवास कोटेश्वर पुगेकी थिइन् । उनले लामो समय त्यहाँ छलफल गरेको बुझिएको छ । भेटका बिषयमा दुवै पक्षले केहि नखुलाएपनि एमसीसीको बिषयमा समेत छलफल भएको स्रोतले बताएको छ ।

त्यो भन्दा अगाडी राजदूत यान्छीले मंगलबार बिहानै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई समेत भेटेकी थिइन् । प्रचण्डलाई भेटेलगत्तै उनी सीधै नेपाल निवास कोटेश्वर पुगेकी हुन् । यान्छीले अन्य नेताहरूलाई समेत भेट्ने बताइएको छ ।

अमेरिकी परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)का बारेमा बुझ्न शीर्ष नेताहरूलाई भेट्न यान्छी पुगेको बताइएको छ । यसका अलावा नेपाल सरकारले चीनसँग सीमा समस्या रहेको भन्दै अध्ययन समिति बनाएकोबारे पनि उनले चासो राखेको बताइएको छ ।

एमसीसीकी उपाध्यक्ष फातिमा सुमार फर्किएसँगै उनले शीर्ष नेतालाई भेट्न दौडधुप गरेकी हुन् ।