अमेरिकाका ठूला शत्रु थिए मारिएका इरानी मेजर सुलेमानी - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

अमेरिकाका ठूला शत्रु थिए मारिएका इरानी मेजर सुलेमानी



एजेन्सी- इराकको राजधानी बग्दादमा विमानस्थल नजिक अमेरिकी हवाई आक्रमणमा मारिएका इरानी मेजर जनरल कासिम सुलेमानी अमेरिकाका ठूला शत्रु थिए ।

अमेरिकाको रकेट आक्रमणमा कम्तीमा सातजना मारिएको बताइएको छ । कासिम बाहेक इराकमा इरान समर्थक सशस्त्र बलका डेप्युटी कमान्डर अबु महदी अल–मुहान्दिसको पनि मृत्यु भएको छ ।

इरान रेभोल्युसनरी गार्ड्सको विदेशमा काम गर्ने इकाइ कुद्स फोर्सको जिम्मेवारी सम्हालेका कासिम इरानका लागि निकै महत्त्वपूर्ण थिए । पश्चिम एसियाका सबै मिसनलाई उनले नै सञ्चालन गर्ने गरेका थिए ।

विशेषगरी इराकमा उनको महत्त्वपूर्ण भूमिका थियो । बग्दादलाई इस्लामिक स्टेटको आतंकबाट बचाउनका लागि उनको नेतृत्वमा इरानसमर्थक फोर्स गठन भएको थियो । त्यसको नाम पपुलर मोबिलाइजेसन फोर्स थियो ।

सन् १९८० को दशकमा इराक र इरानबीच चलेको रक्तरञ्जित युद्धमा उनले प्रमुख भूमिका खेलेका थिए । त्यस युद्धमा अमेरिकाले इराकका तानाशाह सद्दाम हुसेनलाई साथ दिएको थियो ।

इराक र सिरियामा इस्लामिक स्टेटको प्रतिकार गर्न उनले कुर्द लडाकू र शिया मिलिसियालाई एकजुट गरेका थिए ।

कासिम मारिनु भनेको इरानका लागि ठूलो झड्का हो । सुलेमानीले सशस्त्र संगठन हेज्बोल्लाह, प्यालेस्टाइनमा सक्रिय आतंकवादी संगठन हमास लगायतलाई समर्थन दिएका थिए । सिरियामा बशर अल–असद सरकारलाई पनि कासिम सुलेमानीको समर्थन थियो ।

यसै साता बग्दादस्थित अमेरिकी दूतावासमा भएको आक्रमणमा इरानको हात रहेको कुरा सार्वजनिक भएको थियो । उक्त आक्रमणपछि अमेरिकाका रक्षामन्त्री मार्क एस्परले खेल अब परिवर्तन भएको बताएका थिए ।

उनले इरानसमर्थित सशस्त्र बललाई अमेरिकी सैन्यबलले कडा जवाफ दिने बताएका थिए । कासिमको हत्यालाई त्यसैको बदलाका रूपमा हेरिएको छ