शिव परियारले ल्याए दर्शकको लागि दशैँ कोशेली ‘सुनको माया’( भिडियो सहित) - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

शिव परियारले ल्याए दर्शकको लागि दशैँ कोशेली ‘सुनको माया’( भिडियो सहित)



काठमाडौं। गायक शिव परियार नयाँ सांगीतिक कोसेली ‘सुनको माया’ बोलको गीतमार्फत दर्शक तथा स्रोतामाझ आएका छन् ।

श्वेता मैनालीको शब्द रहेको गीतमा गायक शिवको संगीत तथा स्वर रहेको छ । बुधबार आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गीत ʻडान्सिङ जनराʼको छ । आफ्ना स्रोता तथा दर्शकहरुका लागि दशैं उपहारस्वरुप यो गीत सार्वजनिक गरेको शिव बताउँछन् ।

विकास सुवेदीको निर्देशनमा तयार भएको गीतको भिडियोमा मोडल तथा अभिनेत्री एलिसा राई र अनुराग ठकुरीको अभिनय रहेको छ । अनिल कुमार मानन्धरको छायांकन रहेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन ।

https://youtu.be/2fVQxnHiwHo