आङ साङ सुची सहित नेताहरू सेनाको कब्जामा, म्यानमारमा सेनाले गरे 'कू' - Himal Post Himal Post
  • ३० माघ २०८२, बिहीबार
  •      Thu Feb 12 2026
Logo

आङ साङ सुची सहित नेताहरू सेनाको कब्जामा, म्यानमारमा सेनाले गरे ‘कू’



एजेन्सी- म्यानमारको सत्तरूङ दल नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) की नेतृ आङ सान सुचीलाई सेनाले नियन्त्रणमा लिएको छ।

एनएलडीका प्रवक्ताले अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सलाई दिएको जानकारीअनुसार सेनाले सुचीसहित राष्ट्रपति विन मिन्ट र प्रदेशका मुख्यमन्त्रीहरूलाई समेत नियन्त्रणमा लिएको छ।

केही समययता सरकार र सेनाबीच विवाद चलिरहेका बेला सेनाले सुचीलाई नियन्त्रणमा लिएको हो। सोमबार बिहान उनीहरूलाई निजी निवासबाट नियन्त्रणमा लिइएको रोयटर्सले उल्लेख गरेको छ।

म्यानमारमा केही समयदेखि सैनिक कू हुने र सेनाले सत्ता कब्जा गर्ने हल्ला चलिरहेको थियो।

बिबिसीका अनुसार म्यानमारको राजधानी नेप्यिटव र अन्य मूख्य शहरमा सेनाले गस्ती गरिरहेको छ। राजधानी र प्रमुख शहरका सञ्चार सम्पर्क विच्छेद गरिएको बिबिसीले जनाएको छ।

गत नोभेम्बरमा भएको चुनावमा सुचीको पार्टी एनएलडीले सरकार बनाउन पुग्ने बहुमत ल्याएको थियो। सेनाले भने उक्त चुनावमा धाँधली भएको बताउँदै आएको थियो।

सोमबार सरकारले बोलाएको संसद बैठक स्थगित गर्न सेनाले आग्रह गरेको थियो