सुखडमा रक्तदान कार्यक्रम सम्पन्न, ३८ युनिट रगत संकलन
विशाल पाण्डेय / सुखड ।
कैलालीको घोडाघोडी नगरपालिका -१ सुखडमा रहेको घोडाघोडी बहुमुखी क्याम्पसको प्राङ्गणमा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
युवा रेडक्रस सर्कल, घोडाघोडी बहुमुखी क्याम्पसको आयोजना तथा जिल्ला रेडक्रस सोसाईटी कैलाली र उपशाखा सुखडको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा ३० जना पुरुष र ८ जना महिलाले रक्तदान गर्दा कुल ३८ युनिट रगत संलकन भएको थियो । जिल्ला रेडक्रस सोसाईटी कैलालीका रक्तसञ्चार प्राविधिक खगराज चौधरीको समुहले रगत संकलन गरेका थिए ।
पछिल्लो समय रगत दिन हिच्किचाउने प्रवृत्ति बढेका कारण सुदुर पश्चिम् प्रदेशमा रहेका विभिन्न रक्तसञ्चार केन्द्रमा रगतको चरम अभाव भएको छ ।