भारतसँग वार्ताको जिम्मा मलाई देउ सीमा विवाद समाधान गर्छु: सुजाता कोइराला - Himal Post Himal Post
  • २८ असार २०८३, आईतवार
  •      Sun Jul 12 2026
Logo

भारतसँग वार्ताको जिम्मा मलाई देउ सीमा विवाद समाधान गर्छु: सुजाता कोइराला



काठमाडौँ – नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले सिमा विवाद हल गर्ने जिम्मेवारी सरकार र राजनीतिक दलले आफूलाई दिए परिणाम निकाल्ने दाबी गरेकी छिन्।

सोमबार संसदको अन्तराष्टिय सम्बन्ध समितिमा कोइरालाले सीमा विवाद हल गर्न सरकार जिम्मेवारी नभएकाले आफूलाई जिम्मेवारी दिन आग्रह गरेकी हुन्।

उनले समितिमा भने, ‘सीमा विवाद समाधान गर्न सरकार र दलले मेरो नेतृत्वमा जिम्मेवारी दिनुपर्छ। म वार्ताको नेतृत्व गर्न तयार छु, समस्या समाधान गर्न पनि योग्य छु।’

कोइरालाले नेपाली भूमी हुँदै भारतले सडक विस्तार गरिरहेको थाहा हुँदाहुँदै पनि सरकार मौन बसेको दाबी गरिन्। उनले भनिन्, ‘सरकार के हेरेर बसेको छ? चिनियाँहरुले मलाई भनेका छन्, तिमीहरुको पहाडी इलाकामा उपस्थिति नै छैन। अनि कसरी समस्याको समाधान हुन्छ?’

कोइरालाले आफूले कालापानी भारतको भूमी हो भनेर कहिल्यै नबोलेको प्रष्टिकरण दिइन्। ‘लिजमा दिन सकिन्छ भनेका मात्र हो। पाँच वर्षका लागि दश वर्षका लागि दिन सकिन्छ। हामीले लिन नसक्ने भएपछि मैंले लिजमा दिने कुरा गरेका हुँ, भारतकै हो भनेको होइन, कोइरालाले भनिन्।

उनले राष्टवादी कुरा मात्र गरेर समस्याबाट नभाग्न सरकारलाई सुझाव दिइन्।