आईजीपी नियुक्तिमा असन्तुष्ट दुई एआईजी अदालत जाने
काठमाडौं । सरकारले १६ महिना जुनियर एआईजीलाई आईजीपी नियुक्त गरेपछि सिनियर एआईजीहरू अदालत जाने भएका छन् ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठलले धिरजप्रताप सिंहलाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको हो । यसबाट असन्तुष्ट सिनियर एआईजीहरू विश्वराज पोखरेल र सहकुल थापा सर्वोच्च अदालत जाने तयारीका साथ परामर्शमा जुटेका हुन् ।
उनीहरुले अदालत खुल्नेबित्तिकै सरकारको निर्णय कार्यान्वयन नगर्न र आफूहरुलाई आईजीपी नियुक्त गर्न माग गर्दै रिट दर्ता गर्ने तयारी गरेका छन् । सिंह गत महिनामात्र एआईजीमा बढुवा भएका थिए ।
२०७७ मंसिरमा एआईजी भएका विश्वराज पोखरेल र २०७८ असारमा एआईजी भएका सहकुल थापालाई जिल्याउँदै सरकारले सिंहलाई आईजीपी बनाउने निर्णय गरेको हो ।