सुदूरपश्चिम प्रदेश सरकारद्बारा हुरी प्रभावितलाई एक करोड सहयोग - Himal Post Himal Post
  • ११ पुष २०८१, बिहीबार
  •      Thu Dec 26 2024
Logo

सुदूरपश्चिम प्रदेश सरकारद्बारा हुरी प्रभावितलाई एक करोड सहयोग



कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले बारा र पर्साका हावाहुरी प्रभावितलाई एक करोड राहत दिने निर्णय गरेको छ ।

आज बसेको मन्त्रीपरिषद्को बैठकले बारा र पर्सा जिल्लामा हावाहुरीको कारणले ज्यान गुमाएका, घाईते भएका र बिस्थापित भएका परिवारलाई एक करोड राहत दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाहले जानकारी दिए ।

मन्त्रीपरिषद्को बैठकपछि आयोजित पत्रकार सम्मेलनमा मन्त्री शाहले प्रदेश नम्वर २ सरकारको राहत कोषमा उक्त रकम पठाउने बताएका छन् । यस्तै मन्त्रीपरिषद्को बैठकले हावाहुरीका कारण प्रदेश २ मा भएको क्षती र घटनाप्रति दु:ख समेत व्यक्त गरेको छ ।

आइतबार साँझ आएको भीषण हुरीले बारा र पर्सामा घर भत्काउँदा २७ जनाको मृत्यु भएको थियो भने
६ सय भन्दा बढी घाइते भएका छन् । घाइतेको पर्सा , बाराको कलैया ,काठमाडौंस्थित शिक्षण अस्पताल र अन्यको स्थानीय स्वास्थ्यकेन्द्रमा उपचार भइरहेको छ ।