सुदूरपश्चिमको उत्तरी क्षेत्रमा भूकम्पको धक्का महशुस - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

सुदूरपश्चिमको उत्तरी क्षेत्रमा भूकम्पको धक्का महशुस



दार्चुला । सुदूरपश्चिम प्रदेशको उत्तरी क्षेत्र दार्चुला र बैतडी जिल्लामा भूकम्पको धक्का महशुस भएको छ । भारतको उत्तराखण्ड प्रदेश केन्द्रबिन्दु भएर गएराती १० बजेर ३७ मिनेटमा गएको ४ रेक्टर स्केल भूकम्पको धक्का सुदूरपहाडमा समेत महशुस गरिएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

सदरमुकाम खलंगाबाट २९ किलोमिटर दक्षिण पश्चिममा रहेको पिथौरागढ क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भुकम्प गएको हो । जिल्ला सदरमुकामसहित ग्रामिण क्षेत्रसम्म भूकम्पको धक्का महशुस भएपनि अहिलेसम्म कतैबाट क्षति भएको जानकारी प्राप्त नभएको प्रहरीले जनाएको छ । उच्च भूकम्पीय जोखीममा रहेको जिल्लामा पटकपटक भूकम्पको धक्का महशुस हुने गरेको छ ।