सुदुरपश्चिम खप्तड गोल्डकपको तयारी अन्तिम चरणमा - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

सुदुरपश्चिम खप्तड गोल्डकपको तयारी अन्तिम चरणमा



कैलाली : देशकै सर्वाधिक धनराशीको तेस्रो नेपाल आईस अन्तराष्ट्रिय आमन्त्रण सुदुरपश्चिम खप्तड गोल्डकपको तयारी अन्तिम चरणमा पुगेको छ ।

आगामी पुस २४ गते मंगलवारदेखि सुरु हुने सुदुरपश्चिमको एक्लो गोल्डकपको तयारी अन्तिम चरणमा पुगेको हो ।

विभिन्न उप समितीहरु गठन गर्दै पुसको सुरुवातदेखि तिव्र रुपमा तयारी थालिएपछि तयारी अन्तिम चरणमा पुगेको आज धनगढीमा पत्रकार सम्मेलन गर्दै आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लबका अध्यक्ष सुरेश हमालले बताए ।

प्रतियोगिता सञ्चालन हुने धनगढी रंगशालाको मैदान तयार गर्न वाँकी रहेको अन्य तयारी लगभग सकिने अवस्थामा पुगेको अध्यक्ष हमालले जानकारी दिए ।

प्रतियोगिताका लागि प्रायोजक उप समितिको संयोजक वावुराजा श्रेष्ठ, आर्थिक उपसमितीका संयोजक योगेन्द्र चन्द, टीकट उपसमितीका संयोजक धुव्र वराल, मिडिया संयोजक ओम चन्द, कार्यालय तथा सचिवलाय उप समितिका संयोजक देवेन्द्र जोशी र मैदान मर्मत उप समितीका संयोजक चक्र मल्ल होटेल व्यवस्थापन उपसमितीका संयोजक तेन खड्का पार्किङ व्यवस्थापन उपसमितीका संयोजक खड्ग शाह र व्यानर व्यवस्थापन उपसमितीका संयोजक राजेश श्रेष्ठलाई जिम्मेवारी दिएको उनीहरु कामलाई अन्तिम चरणमा पुराएका छन् ।

पत्रकार सम्मेलनमा आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लबले लगाउने जर्सी पनि सार्वजनिक गरिएको छ । सुन्तला र निलो रंङगा दुई वटा जर्सी सार्वजनिक गरिएको हो । क्लबको नाम नै नेपाल आईस सुदुरपश्चिम–११ स्पोर्टस क्लब रहने भएको छ ।

पुस २४ गतेदेखि धनगढी रंगशालामा सुरु हुने प्रतियोगितामा सहभागी हुने टीमहरुको पनि टुङगो लागिसकेको छ । आयोजक वाहेक ९ वटा ए डिभिजनका सहित देशका विभिन्न स्थानका तीन क्लव तथा दुई वटा विदेशी टोलीले पनि सहभागीता जनाउने छन्।

आयोजक सुदुरपश्चिम– ११ स्पोर्टस क्लब सहित ए डिभिजन क्लबहरु मनाङ मस्याङ्दी, थ्री स्टार, संकटा, भ्याली च्यासल युथ क्लव विभागीय टीम नेपाल पुलिस, नेपाल एपिएफ क्लबले सहभागीता जनाउने भएका छन् ।

त्यसैगरी गोर्खा ब्वाईज स्पोर्टस रुपन्देही, काकरभित्ता टेनिङ सेन्टर झापा, मोरङ ११ स्पोर्टस क्लबले पनि भाग लिने निर्णय दिईसकेको आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लबका अध्यक्ष हमालले बताए ।

विदेश क्लबमा भने एक भारतको र एक क्यामरुनको आउने भएको छ । भारतको दिल्ली एफसी र क्यामरुनको धाउफिन्स टीम फ्यामिली क्लब आउने भएका छन् ।

यस्तै प्रतियोगिताको उद्घाटन खेलमा भने आयोजक सुप–११ स्पोर्टस क्लब र झाडाको मेची नेत्रालय काकरभित्ता फुटबल टे«निङ सेन्टरले प्रतिस्पर्धा गर्नेछन् ।

सहभागी १२ टीमलाई ६÷६ वटा गरेर दुई समुहमा विभाजन गरिएकोमा सहिद स्मारक ए डिभिजन लिगको अन्तिम चरणका खेलहरुको खेल तालिका सार्वजनिक हुन वाँकी रहेको टाईसिट भने सार्वजनिक गरिएको छैन् ।

प्रतियोगिता अवलोकनका लागि टिकट दर समेत तोकिएको छ । क्वाटरफाईनलसम्मको लागि एक सय र एक सय ५० तथा सेमिफाईनल र फाईनलका लागि एक सय ५० र दुई सय रुपैया तोकिएको छ ।

तेस्रो संस्करणको नेपाल आईस अन्तराष्ट्रिय आमन्त्रण सुदुरपश्चिम खप्तड गोल्डकपको विजेताले नगद २१ लाख र उपविजेताले नगद १० लाख हात पार्नेछ ।

उत्कृष्ट खेलाडीले मोटरसाईकल, विभिन्न विधाका उत्कृष्ट विधाका खेलाडीले जनही १५÷१५ हजार पाउने आयोजकले जनाएको छ । प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिने छ । प्रतियोगिता धनगढीमा पुस २४ गतेदेखि सुरु भएर माघ ५ गतेसम्म सञ्चालन हुनेछ ।