सूदुरपश्चिमेली नेपाली समाज भारत दिल्ली राज्य समितिको पहिलो अधिवेशन सम्पन्न, अध्यक्षमा रावत - Himal Post Himal Post
  • ८ पुष २०८२, मंगलवार
  •      Tue Dec 23 2025
Logo

सूदुरपश्चिमेली नेपाली समाज भारत दिल्ली राज्य समितिको पहिलो अधिवेशन सम्पन्न, अध्यक्षमा रावत



विशाल पाण्डेय / कैलाली । पछिल्लो समय भारतमा रहेर विभिन्न सामाजिक कार्यहरू गर्दै आएको सूदुरपश्चिमेली नेपाली समाज भारत दिल्ली राज्य समितिको पहिलो अधिवेशन आइतबार सम्पन्न भएको छ ।

“सुदूर पश्चिमका लागी सुदूर पश्चिमेली” भन्ने मूल नाराका साथ विभिन्न सामाजिक क्रियाकलाप गर्दै आएको संस्थाको अधिवेशन बाट हर्क रावतको अध्यक्षतामा ३३ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ ।

त्यस्तै कार्यसमितिको प्रथम उपाध्यक्ष दर्शन थापा , दृतिय उपाध्यक्षमा केशर साउद, तृतीय प्रसाद सिङ क्षेत्री ,सचिवमा गणेश दत्त भट्ट,सह सचिवमा नरेन्द्र अधिकारी,कोषाध्यक्षमा मनोज भट्ट, सह कोषाध्यक्षमा हरिष भट्ट निर्वाचित हुनुभएको छ ।

साथै समितिको महिला संयोजक दुर्गा साउद,महिला सदस्य सानु शाही,सिया सिंह निर्वाचित हुनुभएको छ भने अन्य सदस्यहरूमा अर्जुन रावत, तेज थापा ,हरिस् साउद, गणेश सार्की, दशरथ भट्ट, टिकाराम साउद, चन्द्र साउद ,वासुदेव साउद ,दिनेश रावल ,रामजन थापा ,विष्णु जोशी, मेघ सिंह साउद, मीन खत्री ,सुरेन्द्र रोकाया ,प्रकाश नायक ,धन सिंह खडायत, भरत सिंह नायक लगायतका व्यक्तिहरू निर्वाचित हुनुभएको छ ।

त्यस्तै अधिवेशनबाट कैलाश ऐडिको संयोजकत्वमा ३ सदस्यीय सल्लाहकार समिति गठन गरिएको थियो । जस अन्तरगत उत्तम खड्का र जय देव भट्ट रहनु भएको छ भने बाकी रहेका ४ सदस्यका पदहरू सर्वसहमतीबाट नै चयन गरिने सूदुरपश्चिमेली नेपाली समाज भारतका केन्द्रीय सल्लाहकार नागेन्द्र प्रसाद जोशीले दिल्लीबाट हिमाल पोस्टलाई जानकारी दिनु भयो ।

केन्द्रीय कोषाध्यक्ष महादेव भट्टको प्रमुख अतिथि रहनु भएको कार्यक्रममा विशिष्ट अथिती केन्द्रीय महिला संयोजक बिष्णा थापा ,केन्द्रीय सल्लाहकार पुरन सार्की, नागेन्द्र प्रसाद जोशी आर्थिक तथा व्यावसायिक संयोजक के बि साउद कला तथा संस्कृति विभाग सदस्य सागर शर्मा खेलकुद विभागका सदस्य अनिल बलायर ,केन्द्रीय सदस्य रमेश बुढा, लाल बहादुर साउद र सम्झना शाही रहनु भएको थियो । कार्यक्रमको बन्द सत्रले नयाँ कार्यसमिति चयन गरेको थियो ।

साथै बन्दसत्र पछि सांस्कृतिक कार्यक्रम पनि भएको थियो। सांस्कृतिक कार्यक्रममा नेपाल बाट भीम विष्ट (अछामी रेखा), लोक देउडा गायक वासुदेव जोशी ,आधुनिक गायक पारस भण्डारी ,प्रेम सुनार लगाएका कलाकारहरूले आफ्नो प्रस्तुति राखेका थिए। साथै पशुपति कलाकेन्द्रको सामूहिक नृत्यले अत्यन्तै रमाइलो बनाएको र अन्तिममा सुदूरको भाका देउडा खेलेर कार्यक्रमको समापन गरिएको सूदुरपश्चिमेली नेपाली समाज भारतका केन्द्रीय सल्लाहकार जोशीले बताउनु भयो ।

सांस्कृतिक कार्यक्रम समितिका निवर्तमान अध्यक्ष हर्क रावतको सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यक्रमको सञ्चालन नवगठित राज्य समितिका सचिव गणेश दत्त भट्टले गर्नु भएको थियो ।