साउन ६ गते सुदूरपश्चिम प्रदेश बन्दको घोषणा - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

साउन ६ गते सुदूरपश्चिम प्रदेश बन्दको घोषणा



कैलाली – सरकारद्वारा प्रतिबन्धित नेत्र विक्रम चन्द ‘विप्लव’ समूहको नेपाल कम्युनिष्ट पार्टीले यही साउन ६ गते सुदूरपश्चिम प्रदेश बन्दको घोषणा गरेको छ ।

प्रदेशका आफ्ना १ दर्जनबढी नेता तथा कार्यकर्तालाई कृत्रिम मुद्धा बनाएर पक्राउ गरेको भन्दै उक्त समूहको सेती–महाकाली ब्यूरोले साउन ६ गते सुदूरपश्चिम बन्दको घोषणा गरेको हो ।

बिहीवार ब्यूरोका कार्यालय सचिव छविलालद्वारा हस्ताक्षरित विज्ञप्तीमा सुदूरपश्चिम बन्दका साथै संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । विज्ञप्तिमा साउन ३ गतेदेखि ८ गतेसम्म विभिन्न संघर्षका कार्यक्रम रहेको उल्लेख गरेको छ । जसअनुसार साउन ३ गते प्रचारप्रसार गर्ने, ४ गते कोणसभा गर्ने, ५ गते मशाल जुलुस गर्ने, ६ गते सेती महाकाली बन्द र ६ गतेदेखि ८ गतेसम्म सरकारी सवारी सञ्चालनमा प्रतिबन्ध गरिने छ ।

रचनात्मक ढंगले कामकारवाही गरिरहेको बेला सरकारले गैरन्यायिक तरिकाले धनगढीबाट पक्राउ गरेका आफ्ना नेताकार्यकर्ता रिहा नगरेको भन्दै संघर्षका कार्यक्रम सार्वजनिक गरेको बिज्ञप्तीमार्फत जनाईएको छ ।

कैलाली प्रहरीले धनगढी उपमहानगरपालीका ७ बाट बुधबार विप्लव समूहका पोलिटब्युरो सदस्य तथा सेती महाकाली ईन्चार्ज ओमप्रकाश पुन र अखिल नेपाल महिला संगठन (क्रान्तिकारी) की सेती महाकाली व्युरो ईन्चार्ज पुर्णीमा भन्ने गौरा धामीलाई पक्राउ गरेको थियो ।