नेकपा एसनिकट अखिलको माग: विद्यार्थीलाई निःशुल्क विद्युतीय चुह्लो चाहियो - Himal Post Himal Post
  • २२ माघ २०८२, बुधबार
  •      Wed Feb 4 2026
Logo

नेकपा एसनिकट अखिलको माग: विद्यार्थीलाई निःशुल्क विद्युतीय चुह्लो चाहियो



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीनिकट विद्यार्थी संगठन अनेरास्ववियूले तत्कालका लागि विद्यार्थीहरुलाई इन्डक्सन चुह्लो निःशुल्क वितरणका लागि माग गरेको छ ।

सोमबार सिंहदरवारस्थित उर्जा तथा जलस्रोत मन्त्रालयमा पुगेर अनेरास्ववियूले मन्त्री पम्फा भुसाललाई ज्ञापनपत्र बुझाएको हो । पेट्रोलियम पदार्थको मूल्य बढेको भन्दै अनेरास्ववियूले विद्यार्थीलाई निशुल्क इन्डक्सन चुह्लो वितरण गर्न माग गरेको हो ।

‘हाम्रो संगठन अनेरास्ववियू तत्कालका लागि विद्यार्थीहरुलाई विद्युतीय इन्डक्सन चुह्लो निशुल्क वितरणका लागि माग गर्दछ,’ अध्यक्ष सुदेश पराजुलीले हस्ताक्षर गरेका ज्ञापनपत्रमा भनिएको छ, ‘विद्युतीय माध्यमबाट चल्ने यातायातका साधनको प्रयोगलाई प्राथमिकता दिन ध्यानाकर्षण गराउन चाहन्छौं।’

ज्ञापनपत्र बुझ्दै जवाफमा ऊर्जामन्त्री भुसालले बजेट हेरेर सकिने अवस्था भए निर्णय लिने जानकारी दिएकी थिइन्।