नाम तलमाथि गरेको पाइएमा कारबाही हुन्छ : निर्वाचन आयोग - Himal Post Himal Post
  • २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
Logo

नाम तलमाथि गरेको पाइएमा कारबाही हुन्छ : निर्वाचन आयोग



काठमाडौं ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले दलहरुले प्रदेशसभाको समानुपातिक तर्फ पहिला बुझाएको बन्द सूचिबाट नाम तलमाथि गरेको पाइएमा कारबाही गर्ने चेतावनी दिएका छन् ।

रिपोर्टर्स क्बल नेपालले आइतबार गरेको साक्षात्कार कार्यक्रममा बोल्दै आयुक्त यादवले नाम तलमाथि गरेको भन्ने विषयमा आयोगले छनविन भइरहेको बताए । “निर्वाचन आयोगको निर्देशिकाअनुसार पहिला बन्द सूचिमा नाम जुन बुझाइएको छ, त्यही अनुसार अहिले नाम पठाउनुपर्छ । त्यसमा क्रमसंख्या तलमाथि गर्ने अधिकार दलहरुलाई छैन । त्यो भनेको कानुन र निर्देशिका विपरित हुन्छ । त्यस विषयमा आयोगको सचिव र जिल्ला निर्वाचन अधिकृतहरुले छानबिन गरिरहनुभएको छ ।”

यादवले राष्ट्रियसभाको चुनाव नभएसम्म प्रतिनिधीभा चुनावको परिणाम सार्वजनिक गर्न नमिल्ने बताएका छन् ।
आयुक्त यादवले राष्ट्रियसभाको चुनावपछि आएको नतिजाका आधारमा प्रतिनिधिसभातर्फ समानुपातिकको नतिजा सार्वजनिक गरिने बताए ।

संविधान अनुसार संघीय संसदमा ३३ प्रतिशत महिलाको सहभागिता हुनुपर्ने भएकाले राष्ट्रियसभाको नतिजा पछि महिलाको सहभागिता कति थप्नुपर्ने हो त्यो प्रतिनिधीसभाको समानुपातिकबाट पूर्ति गर्नुपर्ने यादवले बताए ।
क्लबका अध्यक्ष ऋषि धमलाको अध्यक्षतामा सम्पन्न साक्षात्कारमा बोल्दै यादवले राष्ट्रियसभा र प्रतिनिधिसभा गरी कूल ३ सय ३४ को ३३ प्रतिशत महिला चाहिने भएकाले त्यसका लागि राष्ट्रियसभा र प्रतिनिधिसभाबाट पूरा गर्नुपर्ने व्यवस्था भएको बताए ।