सुचना लुकाएको भन्दै टेकु अस्पतालका डाक्टरले दिए जागीर छाड्ने चेतावनी - Himal Post Himal Post
  • २८ असार २०८३, आईतवार
  •      Sun Jul 12 2026
Logo

सुचना लुकाएको भन्दै टेकु अस्पतालका डाक्टरले दिए जागीर छाड्ने चेतावनी



काठमाडौं- टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत चिकित्साकर्मीले बुधबार फेला परेको कोरोना संक्रमितको बारेमा आफुहरुलाई २४ घण्टासम्म जानकारी न गराएको भन्दै आपत्ति जनाएका छन् ।

उनीहरुले अस्पतालका निर्देशक डा सागरकुमार राजभण्डारीलाई भेटेर बिरामीको अवस्थाबारे जानकारी लुकाउने काम भए उपचार प्रक्रिया नै छोड्ने चेतावनी समेत दिएका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कुनै व्यक्तिको कोभिड–१९ रिपोर्ट पोजेटिभ आउनेबित्तिकै इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखालाई जानकारी दिनुपर्ने भएपनि सिधै स्वास्थ्य मन्त्रालयमा पठाउन लगाइँदा आफुहरु संक्रमितसंगै २४ घण्टा बिताउदा पनि जानकारी नहुनु गम्भिर त्रुटि रहेको उनीहरुको भनाई छ ।

चिकित्सकहरूले संक्रमित व्यक्तिबारे मन्त्रालयले १४ घण्टाभन्दा बढी सूचना लुकाएको भन्दै आपत्ति मात्रै जनाएनन् उपचारमा संलग्न चिकित्सकले बुधबार साँझ मात्र त्यो पनि सञ्चार माध्यमबाट जानकारी पाएको बताएका छन् ।

उक्त जवाफमा अस्पतालका निर्देशक डा सागर राजभण्डारीले आफुलाई पनि संक्रमित बिरामीबारे जानकारी नरहेको चिकित्साकर्मीहरूलाई बताएका थिए ।