सेयरबजारको गोप्य सूचना चुहाउँदा कारोबार प्रभावित - Himal Post Himal Post
  • २८ असार २०८३, आईतवार
  •      Sun Jul 12 2026
Logo

सेयरबजारको गोप्य सूचना चुहाउँदा कारोबार प्रभावित



हिमाल पोस्ट / २ मंसिर, काठमाडौं । सेयरबजारमा गोप्य सूचना चुहाउँदा कारोबार प्रभावित हुने गरेको छ ।

नेपाल स्टक एक्सचेन्जमा सूचीकृत पब्लिक लिमिटेड कम्पनीका सञ्चालकले नै ‘आफन्त’ लाई गोप्य सूचना चुहाउने गरेको दाबी स्रोतको छ।

सूचीकृत कम्पनी सञ्चालक समिति बैठक प्रायः सेयर कारोबार भइरहेकै बेला सूचीकृत कम्पनी सञ्चालक ट्वाइलेट जान्छन् र सुटुक्क आफन्तलाई सूचना दिएर सेयर किनबेच गराउँछन् ।

सूचीकृत कम्पनी सञ्चालकबाट उत्साहजनक सूचना पाउनेले सेयर किन्न थाल्छन्, निराशाजनक निर्णय भएको सुइँको पाए बेच्न थाल्ने आजको नागरिक दैनिकमा समाचार छ ।

पछिल्लोपटक एभरेस्ट बैंक र नेसनल लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा यस्तै चलखेल भएको खुलेको छ ।
गोप्य सूचना चुहिएकै आधारमा दुई कम्पनीको सेयर माग एकैछिनमा आकासिएको एक लगानीकर्ताले बताए ।