सुबेदी बनिन साना तथा मझौला व्यवसायी संघ काठमाडौंकी अध्यक्ष - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

सुबेदी बनिन साना तथा मझौला व्यवसायी संघ काठमाडौंकी अध्यक्ष



काठमाडौं । साना तथा मझौला व्यवसायी संघ काठमाडौं जिल्लाको अध्यक्ष पदमा युवा महिला ब्यबसायी प्रबिता भण्डारी सुबेदी (अन्जु) निवार्चित भएकी छिन ।

साना तथा मझौला ब्यबसायमा लामो समय देखि आबद्द रहेर ब्यबसायीहरुको हकहितमा काम गर्दै आएकी अन्जुलाई, साना तथा मझौला व्यवसायी महासंघले उनको काम तथा दक्षतालाई कदर गर्दै, निर्बाचनमा उनलाई अध्यक्ष जस्तो गरिमामय पदमा निवार्चित गरेको हो ।

सदैब साना तथा मझौला ब्यबसायीहरुको पक्षमा वकालत गर्दै, उनीहरुको पक्षमा लडाइ लड्दै आएकी एक प्रखर, आत्मा विश्वासी, निडर माहिला नेत्रीको रुपमा अन्जु परिचित छिन् । नेचर रिभिजिटेड प्रालि, धापासीको अध्यक्ष तथा बालाजी बेङ्क्युट, बालाजु को संचालिका रहेकी युवा महिला ब्यबसायी बिशेष गरि महिला दिदीबहिनीहरुको लागि, महिला सशक्तिकरणका लागि आवाज उठाउदै आएकी तथा सामाजसेवामा समेत अग्रणी भूमिका निर्बाह गर्दै आएकी अन्जु साना तथा मझौला ब्यबसायीहरुको व्यवसायलाई सुरक्षित बनाउदै भविष्यमा ब्यबसायीहरुलाई आत्मानिर्भर बनाउने काममा आफु समर्पित हुने कुरा बताउछिन् ।

निर्वाचित सम्पुर्ण पदाधिकारीहरुलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै आउँदा दिनहरुमा साना तथा मझौला व्यवसायीहरुलाई अझ मजबुत हसन एकजुट भएर काम गर्न समेत अन्जुले आग्रह गरेकी छिन् ।