सुदूरपश्चिम एमाले दलको बैठक बस्दै: ओली पक्षको निर्णय कार्यान्वयन नहुने - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

सुदूरपश्चिम एमाले दलको बैठक बस्दै: ओली पक्षको निर्णय कार्यान्वयन नहुने



काठमाडौं- नेकपा एमाले सुदूरपश्चिम प्रदेशको संसदीय दलको बैठक आज बस्दैछ । बैठक अहिले सवा आठ बजे बस्ने बताइएको छ ।

एमाले प्रदेश सभा सदस्य अमरबहादुर साँउदका अनुसार बैठक मंगलबार बस्ने भनिए पनि आन्तरिक कारण बस्न नसकेपछि आज बस्न लागेको हो । हिजो केहि सांसदहरूलाई सूचना नपुगेको भन्दै आजलाई बैठक बोलाइएको छ ।

सोमबार बालुवाटारमा बसेको एमालेको स्थायी कमिटी बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिएको थियो । सुदूरपश्चिम प्रदेशमा खनाल–नेपाल समूहका सांसदको बहुमत छ । एमालेको निर्णय कार्यान्वयन नहुने सम्भावना रहेको नेताहरु बताउँछन् ।

यसै विषयमा संसदीय दलको बैठक बस्न लागेको हो ।