सुदूरपश्चिममा एकैदिन ११ जना संक्रमितको मृत्यु
धनगढी- सुदूरपश्चिममा एकैदिन ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
सेती प्रादेशिक अस्पताल मातहतको कोभिड अस्थायी अस्पतालमा उपचारत ५ जना, महाकाली अस्पतालमा उपचाररत ३ जना, अछाम, बझाङ र कैलालीको होम आइसोलेसनमा बसेका एक÷एक जना गरेर ११ जना संक्रमितको मृत्यु भएको हो ।
धनगढी उपमहानगरपालिका–३ का ४५ वर्षीय महिला, वडा नम्बर ४ का ४० वर्षीय पुरुष, घोडाघोडी नगरपालिका– १० का ६० वर्षीय पुरुष, वडा नम्बर १२ का २८ वर्षीय पुरुष र लम्कीचुहा नगरपालिका–२ का ३३ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।
त्यस्तै गोदावरी नगरपालिकाकी ८७ वर्षीया महिलाको पनि मृत्यु भएको छ । कञ्चनपुरको महाकाली अस्पतालमा उपचाररत जिल्लाको भीमदत्त नगरपालिका–१९ का २१ वर्षीय पुरुष, वडा नम्बर १८ कि ३६ वर्षीया महिला र दोधारा चाँदनी नगरपालिका–१ का ३० वर्षीय पुरुषको बिहीबार मृत्यु भएको हो ।
यस्तै बिहीबार नै जिल्ला अस्पताल बझाङमा उपचाररत मष्टा गाउँपालिका–५ का ५५ वर्षीय पुरुष र अछामको बान्नीगढी जयगढ गाउँपालिका–५ का ७७ वर्षीय पुरुषको पनि मृत्यु भएको छ ।