बेन स्टोक्सले विलियम्सनसँग माफी मागे - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

बेन स्टोक्सले विलियम्सनसँग माफी मागे



एजेन्सी । विश्वकप क्रिकेट २०१९ को फाइनलमा ‘प्लेयर अफ दि म्याच’ घोषित इंग्ल्याण्डका अलराउन्डर बेन स्टोक्सले न्यूजिल्याण्डका कप्तान केन विलियम्सनसँग माफी मागेका छन् ।

न्यूजिल्याण्डविरुद्ध फाइनल म्याचमा निर्धारित ५० ओभरको खेल बराबरीमा पुर्‍याएका बेन स्टोक्सले सुपर ओभरमा पनि उत्कृष्ट प्रदर्शन गरेका थिए ।

सुपरओभरसमेत बराबरीमा टुंगिएपछि ‘बाउन्ड्री’ संख्याका आधारमा इंग्ल्याण्ड विश्वविजेता घोषित भएको हो ।

बेन स्टोक्सले इंग्ल्याण्डलाई पराजयको मुखबाट जोगाउँदै म्याचलाई बराबरीसम्म लगेका थिए । सोही क्रममा ५० औं ओभरको चौथो बलमा बेन स्टोक्सले दुर्लभ ढंगबाट ६ रन बटुलेका थिए ।

न्यूजिल्याण्डका बलर ट्रेन्ट बोल्टले फालेको ‘फुल टस’ बललाई बेन स्टोक्सले मिड विकेटतर्फ प्रहार गरे । एक रन तीव्र गतिमा बटुलेका उनी दोस्रो रनका लागि फर्कदैं गर्दा मार्टिन गुप्टिलले स्टम्पलाई निशाना बनाएर गरेको ‘थ्रो’ उनको ब्याटमा लागेर बाउन्ड्री बाहिर पुगेको थियो । यसरी स्टोक्सले उक्त बलमा ६ रन हासिल गरे ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको नियममा ‘नियतवस’ कुनै ब्याट्सम्यानले विकेट छेकेर रन लिएमा ‘रन आउट’ दिने व्यवस्था छ । तर बेन स्टोक्सले दोस्रो रनका लागि दौडदा फिल्डर तथा बलतिर ध्यान दिएका थिएनन् । उनी क्रिजतर्फ नै हेरेर रन पुरा गर्ने चक्करमा थिए । त्यसैले उनको नियतमा खोट नदेखिएको हो । यतिमात्र होइन, त्यही रनले इंग्ल्याण्डलाई पराजयको मुखबाट जोगाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो ।

प्लेयर अफ दि म्याचको ट्रफी लिएपछि बेन स्टोक्सले न्यूजिल्याण्डका कप्तान विलियम्सनसँग उक्त घटनाप्रति माफी मागे ।

उनले भने, ‘अन्तिम ओभरमा रन लिने क्रममा मेरो ब्याटमा लागेर बल सीमारेखामा पुग्यो, कसैले यस्तो सोचेको थिएन होला । यसका लागि मैले केन विलियम्सनसँग अनगिन्ती माफी मागेको छु । मैले यस्तो गर्न चाहेको थिइनँ ।’ र मा माफीको लायक छैन ।

उनले जीवनभर यस घटनाप्रति आफूले माफी मागिरहने बताए ।

स्मरणीय छ, बेन स्टोक्स इंग्ल्याण्ड क्रिकेट टिमको महत्वपूर्ण हिस्सा बने पनि उनको जन्म न्यूजिल्याण्डमा भएको हो । १२ वर्षको उमेरमा इंग्ल्याण्ड आएका उनले क्रिकेट करिअरको सुरुवात इंग्ल्याण्डमै गरेका हुन् ।