नेकपाको स्थायी कमिटी बैठक पनि सर्यो
काठमाडौं- सत्तारुढ नेकपाको सचिवालय बैठक स्थगित भएसंगै स्थायी कमिटिको बैठक पनि सरेको छ ।
प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली आजको सचिवालय बैठकमा उपस्थित नभएकाले बैठक स्थगित गरिएको थियो ।
प्रधानमन्त्री निवास बालुवाटारमा बैठकका लागि पुगेका नेताहरू केहीबेर बैठक बसेर स्थगित गरेको बुझिएको छ ।
सचिवालय बैठक मंसिर २० गते दिउँसो १ बजेसम्म स्थगित भएको छ।
यस्तै बिहीबारका लागि बोलाइएको स्थायी कमिटी बैठक मंसिर २१ गतेसम्मका लागि सारिएको छ।