प्रचण्ड–नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दै: यस्ता छन् एजेण्डा
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–माधव पक्षधरको स्थायी कमिटीको बैठक आज पनि बस्दैछ। बैठक दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने छ ।
सरकारको असंवैधानिक कदमका विरुद्ध घोषित आन्दोलनका कार्यक्रमबारे छलफल गर्न बैठक बस्न लागेको हो। यसअघि हिजो बसेको स्थायी कमिटीको बैठकले माधवकुमार नेपालको अध्यक्षतामा कार्यदल गठन गरेको थियो।
पार्टी एकीकरणको बाँकी काम र जिम्मेवारी सम्बन्ध लगायतको सम्बन्धमा अध्यक्ष नेपालको संयोजकत्वमा कार्यदल गठन गरेको हो । संसद विघटनपछि आन्दोलनमा उत्रिएको यो समुहले प्रधानमन्त्री केपी शर्मा ओली र सरकारविरुद्ध दोस्रो चरणको आन्दोलन समेत घोषणा गरिसकेको छ।
घोषित आन्दोलनका कार्यक्रम अन्तरगत आजदेखि पालिका स्तरका वडारुमा पार्टी भेला तथा संर्घष सम्बन्धि प्रशिक्षण दिइनेछ।