केशव स्थापितलाई हटाउन मुख्यमन्त्री पौडेलले थाले कसरत - Himal Post Himal Post
  • १५ फाल्गुन २०८१, बिहीबार
  •      Thu Feb 27 2025
Logo

केशव स्थापितलाई हटाउन मुख्यमन्त्री पौडेलले थाले कसरत



चरिकोट। यौन दुर्व्यवहारको आरोपित प्रदेश नं ३ सरकारका भौतिक पुर्बाधार बिकास मन्त्री केशब स्थापित र मुख्यमन्त्री डोरमणि पौडेल बिच चर्काचर्की भएको छ । पछिल्लो समय यौन हिंसाको आरोपमा मुछिएका र कार्य सम्पादन सुधार नगरेका स्थापितलाई मुख्यमन्त्री डोरमणि पौडेलले कार्य सम्पादन सुधार्न निर्देशन दिएपछि प्रदेश नंम्बर ३ को मन्त्रिपरिषद् बैठकमा चर्काचर्की भएको छ ।

मुख्यमन्त्री र मन्त्री बिच आफ्ना कुरा राख्ने क्रममा टेबुल ठोकाठोक समेत भएको छ । प्रदेश नंम्बर ३ मा स्थापितको भुमिका सन्तोषजनक नभएका कारण पौडेल सन्तुष्ट हुन सकेका छैनन् । पछिल्लो यौन काण्डले उनि अझ असन्तुष्ट रहेका छन् ।

आफ्नो कार्य सुधार गर्न भन्दै मुख्यमन्त्री पौडेलले सम्झाउदा स्थापितले उल्टै अभद्र व्यवहार देखाएपछि पौडेल अर्का मन्त्री कैलाश ढुङ्गेललाई लिएर काठमाडौं हानिएका छन् । काठमाडौंमा मुख्यमन्त्री पौडेलले स्थापितले मन्त्रिपरिषद्मा गरेको अभद्र व्यवहार नेताहरुलाई जानकारी गराउने भएका छन् ।

मुख्यमन्त्री पौडेल यौन दुर्व्यवहारको आरोपमा मुसिएका स्थापितलाई विस्थापित गर्न लागेको स्रोतले जनाएको छ ।

स्थापित मेयर भएका बेलामा जागिर टिकाउन संचारकर्मी पत्रकार रश्मिला प्रजापतीलाई यौन प्रस्ताव गरेको खुलासा गरेकी थिइन् । उनले सामाजिक सञ्जाल फेसबुकमा १५ वर्षअघि भएको उक्त ह्यारेसमेन्टबारे खोलेकी हुन् । रश्मिलाले यसअघि पनि विभिन्न मिडियामा यौन हिंसाबारे बताउने गरेको लेखेकी छिन् । रश्मिला आफू पनि महिला हिंसा विरुद्धको अभियानमा सरिक छिन् ।

उनले मी टु मुभमेन्ट अन्तर्गत पहिलो पटक सामाजिक सञ्जालमा लेखेकी हुन् । मेयरको यौन प्रस्ताव अस्विकार गर्दा जागिर समेत गुमाउनु परेको अनुभव उनले फेसबुकमा सेयर गरेकी छिन् । यसबारे उनले दुई वर्ष अगाडि बल्डपल्समा पनि लेखेकी थिइन् ।

स्थापितले अहिले पनि अन्य पत्रकारलाई पनि आफूलाई जस्तै ह्यारेस गर्न नछाडेको दावी रश्मिलाको छ ।