केशव स्थापितलाई निर्वाचन आयोगले दियो तीन दिने अल्टिमेटम
निर्वाचन आयोगले एमालेबाट काठमाडौं महानगरपालिकामा मेयरका उम्मेदवार रहेका केशव स्थापितलाई तीन दिने अल्टिमेटम सहितको स्पष्टीकरण सोधेको छ ।
जातीय द्वेष फैलाउने र महिला हिंसाबारे दिएको अभिव्यक्तिलाई आधार मानेर आयोगले अल्टिमेटम सहितको स्पष्टीकरण सोधेको आयोग स्रोतले जनाएको छ ।
स्थापितले दिएको अभिव्यक्ति आयोगको नोटिसमा आएसँगै आयोगले तीन दिनभित्र जवाफ दिन निर्देशन दिएको स्रोतले बताएको छ ।
हिजोमात्रै पनि स्थापितले आफ्ना प्रतिद्वन्द्वी बालेन शाह अन्तर्राष्ट्रिय ठग भएको अभिव्यक्ति दिएका थिए । साथै उनले जातीय विभेद फैलाउने खालको अभिव्यक्ति दिने गरेका छन् ।
त्यसअघि महिला हिंसाबारे उनीमाथि प्रश्न गर्ने भावना राउतलाई स्थापितले अपमानजनक व्यवहार समेत गरेका थिए ।