हालसम्म २०३ स्थानीय तहको प्रमुख कांग्रेसले जित्यो - Himal Post Himal Post
  • २१ माघ २०८२, मंगलवार
  •      Tue Feb 3 2026
Logo

हालसम्म २०३ स्थानीय तहको प्रमुख कांग्रेसले जित्यो



काठमाडौं– गत वैशाख ३० गते देशका ७५३ स्थानीय तहमा भएको निर्वाचनमा नेपाली कांग्रेसले देशका २०३ स्थानीय तहको प्रमुख जितेको छ।

हालसम्म मतगणना भएका अन्तिम मतपरिणाम आएकामध्ये २०३ पालिकाको प्रमुखमा कांग्रेसका उम्मेदवार विजयी भएका हुन्।

मतगणना भइरहेका पालिकामध्ये १२० वटाको प्रमुखमा अझै पनि कांग्रेका उम्मेदवारले अग्रता लिइरहेका छन्। यस्तै, हालसम्म अन्तिम मतपरिणाम आएका पालिकामध्ये १९२ को उपप्रमुख तथा उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भइसकेका छन्।

मतगणना भइरहेकामध्ये ९८ पालिकाको उपप्रमुख तथा उपाध्यक्षमा कांग्रेसका उम्मेदवारले अग्रता लिइरहेका छन्।