स्थानीय चुनावमा कस्तो प्रतिनिधि चयन गर्ने ? अब पालो जनताको ! - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

स्थानीय चुनावमा कस्तो प्रतिनिधि चयन गर्ने ? अब पालो जनताको !



हरि थापा

बाह्र वर्षमा खोला फर्केर आउँछ भन्छन् तर हामी जनताको लागी बाह्र वर्षमा पनि त्यो समय आएन।बल्ल तल्ल मुस्किले दुई दशकमा त्यो खोला फर्किनेवाला छ जब स्थानीय चुनावमा नातावाद, कृपावाद,भन्दा माथि उठेर ईमान्दारी कर्तब्यनिष्ठा भिजन भएका व्यक्ति चुन्न सक्योै भने मात्र हामीले खोजेको विकास परिवर्तन पाउन सकिएला हैन भने पहिले भन्दा नाजुक स्थितिमा जिवनयापन गर्नु पर्ने छ।

सुतेका जनताहरू ब्युझिने समय आएको छ यो स्थानीय चुनावमा निष्पक्ष विकास र परिवर्तन डिजाइन कोर्न सक्ने अठोट,साहस र कसम जसले खान्छ उसको लागी मात्र भोट दिन तयार हुनु पर्छ मेरो काका, दिदी,दाइ,फुपाजु फुपु,र मामा सम्झिन थाल्यो भने भविष्य अन्धाकार छ हाम्रो अनि हाम्रो सन्ततीको यस विषयमा सबै चनाखो हुनु पर्छ आजकल लोभ लालच देखाउदै ठिक्क पार्न आउने खुट्टा मोल्न अाउनेहरु नै हुन भोलि चुनाव जितेर गए पछि घाँटी निचर्ने जनतालाई प्याक प्याक बनाएर राख्ने असली प्रतिनिधिहरू होसियार सोझा जनता मोैकाको फाइदा उठाउछन।पछि जीवनभर पछुताउनु पर्ला वेलैमा होस पुर्याउ…

हामीले सत्ता र भत्ताको पछि लाग्ने ठुला ठुला सपना बाड्ने प्रतिनिधिहरूको नेतृत्वशैली देखिसकेका छोै भोगीसकेका छोै।अब पनि त्यही दोह्रोर्याएर मेरै फुपु राम्रो,मेरो मामा राम्रो, भनेर त्यता तिर लागियो भने फेरि पनि नाम मात्र परिवर्तन हुन्छ व्यवस्था उही हुनेछ ।हाम्रा नभई राम्रा चयन गरियो भने आज मात्र हैन वर्तमान भूत र भविष्य सबैको लागि उत्तम हुनेछ यस विषयमा जनताहरू गंम्भिर हुन जरुरी छ जब स्थानीय स्तरमा नै राम्रा छाडेर हाम्रा तिर लाग्यो भने राम्रा हाम्रा हुन सक्छन् तर हाम्रा ठाउँमा पुगेपछि हाम्रा रहदैनन् यो तितो यथार्थ हो।

आजकल राजनीति गर्ने हरू गाउँटोल गल्ली गल्लीमा चिया पसल भट्टी पसलमा खुब चियोचर्चा गर्ने गर्छन् वास्तवमा राजनीति भनेको एउटा देश सञ्चालन गर्न प्रयोग गरिने नितिनियम को भण्डार हो जसरी घर चलाउन आमा बुबा हजुरअामा दिदी दाइ सबैलाई मर्यादामा राख्ने नीति हुन्छ त्यस्तै राजनीति एउटा सामाजिक विषय पनि हो जसले समाजमा बस्न विभिन्न मर्यादाको रेखा कोरिदिन्छ नीति नियम बनाई अनुशासित बनाईदिन्छ यो एउटा सेवा हो विज्ञान हो कला हो राजनीतिका बारेमा ज्ञान हुनुपर्छ, तर हरेक क्षेत्रमा राजनीति हाबी भयो भने यसले विकराल समस्या निम्त्याउन सक्छ ।

नेपालको परिप्रेक्ष्यमा हरेक क्षेत्रमा राजनीतिले यसरी जडा गाडेको छ कि यहाँ राम्रा मान्छेले भन्दा पनि हाम्रा मान्छेले प्राथमिकता पाउँछन् । जसका कारण देशका समस्या समाधान हुनुको साटो झन् बल्झँदै गएका छन् ।हाम्रा सधैँ पावरमा हुने हुँदा हरेक उश्रृङखल काम को पनि छुट दिइन्छ जब हरेक मान्छेलाई समान रूपमा न्याय दिईदैन भने त्यो गतिलो नीति हैन भन्ने कुरा बुझ्नु जरुरी छ।नीति मात्र भएर हुँदैन कार्यन्वयन सबै भन्दा महत्त्वपूर्ण पक्ष हो।

स्थानीय तहको चुनाव हुने दिन नजिकिँदै गर्दा राजनीतिक दलका कार्यकर्ता / भरोैटे झुण्डेहरुको पनि चहल पहल बढेको छ यस्तै झुण्डेहरुको कारण विभिन्न लोभ लाचको कारण हामी चुक्न सक्छोै यसमा हामी सतर्क हुन जरुरी छ र आह्वान पनि गर्छु घर परिवार समाज बुझेको प्रतिनिधि छैन भने कृपया पाटीले टिकट दिएका टिकेलाई जबरजस्त भोट दिनु बेकार छ त्यसैले हामी प्रतिनिधि छनोैटमा होस गुमाउनु हुन्न यो अवसर हाम्राको लागी पक्कै होइन राम्रा व्यक्तिको लागि हो जसले आदर्शलाई भन्दा यथार्थलाई बुझ्छ उसले मात्र यो अवसर पाउनु पर्ने हुन्छ तब मात्र समाज विकासको ढोका खुल्छ।

अहिले विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता चुनावी प्रतिस्पर्धाका लागि दौडधुप गरिरहेका छन् । यो चुनावको महत्त्व आफ्नै किसिमको छ । सङ्घीय संविधानले स्थानीय तहलाई शक्तिशाली बनाएकाले यसै पनि यो निर्वाचनको महत्त्व बढी छ । जनताले स्वामित्व ग्रहण गर्न सक्ने निकाय भनेकै स्थानीय निकाय हो । स्थानीय स्तरका सबै काम स्थानीय निकायबाटै सम्पन्न हुनु आफैँमा एउटा सुन्दर व्यवस्था हो।जनताको पालो बल्ल आएको छ अब पनि सही प्रतिनिधि चुन्न सकिन्न भने जनता आफैमा गद्दार हुन भन्दा फरक पर्दैन पटक पटक गद्दार नेतृत्व सहन बाध्य भएका पीडित जनताले यो पटक सही प्रतिनिधि चुन्नु पर्छ जसले समाज बुझेर तीव्र विकासको बाटोमा नेतृत्व गर्न सकोस कुशल,सक्षम, ईमान्दारी र जिम्मेवारी प्रतिनधी चयन गरियो भने समृद्दि सु-शासन मोैलाउने प्रचुर सम्भावना छ।

हिजो केन्दिय व्यवस्थामा निर्भर हुनु पर्ने नेतृत्व थियो आएका बजेट कहाँ जान्थ्यो के हुन्थ्यो कति खर्च हुन्थ्यो पत्तो हुदैन्थ्यो तर अब स्थानीय निर्वाचन पछि जनताले देख्ने गरी बजेट निकासा हुन्छ कहाँ प्रयोग गर्ने जनतामा भर पर्छ तर यसको लागी ईमान्दार निष्ठावान प्रतिनिधिको आवश्यकता पर्छ जसले हृदय देखि आफ्नो जिल्ला गाउँ नगरलाई सुन्दर बनाउने सपना देख्न सकोस।

यो निर्वाचनमा नागरिकले राजनीतिक दल भन्दा माथि उठेर कुशल प्रतिनिधि छनौट गर्न सक्नुपर्छ । परम्परागत ढर्रामा मतदान गर्ने हो भने त्यसको अपजस आफैँले बेहोर्नुपर्छ । काँग्रेस, एमाले, माओवादीलगायत दलका कार्यकर्ताभन्दा पनि एक निष्पक्ष नागरिकको रूपमा असल नेतृत्व छान्न सकियो भने त्यसले सकारात्मक प्रभाव पार्ने छ । भोलि हुने प्रदेश र केन्द्रीय संसद्को निर्वाचनमा पनि त्यसको प्रभाव पर्ने छ । त्यसो भनेर दलीय व्यवस्थाविरुद्धमा होइन, राम्रो व्यक्ति छ भने दलीय उम्मेदवार पनि छान्न सकिन्छ । स्थानीय निकाय शक्तिशाली भएकाले विकास र सुशासनका लागि पनि योग्य व्यक्तिको छनोट आवश्यक भएको हो ।यसमा जागरिक सचेत हुनै पर्छ।

आज सम्म हरेक थरीका झन्डा देखियो तर ती झण्डाहरु मध्य कुनै पनि सक्षम देखिएन जसको झन्डा राष्ट्रिय झण्डाको रूपमा प्रयोग होस अपसोच कहिल्यै सोचे जस्तो भएन। दुःखका कुरा चुनावमा कुशल र जनताप्रति उत्तरदायी हुन सक्ने उम्मेदवार भन्दा भ्रष्ट र अनुत्तरदायी चुन्ने परम्परा छ ।

हरेक संघसंस्थामा कार्यरत व्यक्ति असल पेसाकर्मी भन्दा राजनीति गर्नै रुचाउँछ अहिले देखिदै आएका निजामती कर्मचारी देखि प्रधानध्यापक सम्मको दोैडदुप प्रस्ट देखिएको छ जसले राजनीति निस्स्वार्थ छ भन्न सक्ने स्थिति छैन प्रधानध्यापक जस्तो नाम काम र सम्मान भएको व्यक्ति स्थानीय चुनावमा भाग लिनको निमित्त राजीनामा दिनुले केही शङ्का भने उब्जाएको छ तर जनताले सही छान्न सके भाग लिदैमा लगिहाल्छन भन्ने हैन त्यसैले त भनिन्छ स्थानीय चुनाव जनताको हातमा जनताले चाहेमा राम्रो कुशल नेतृत्व समाल्न सक्ने व्यक्ति लाई जिताउन सक्छन्!

एउटा कर्मचारी कामभन्दा बढी राजनीतिक आड लिन खोज्छ पहुचको आधारमा काम गर्दा केही त्रुटि हुन्छ यसले सोझा साझा नागरिकलाई न्याय गर्दैन यसले गर्दा अनेक किसिमका समस्या निम्त्याउँछ । सबैतिर राजनीतिक प्रभावबाट फाइदा लिने धेरै छन् । अपसोच, कुनै दलको कार्यकर्ता नबनी एउटा सानो काम गर्न गराउन पनि निकै मुस्किल पर्छ । त्यसैले हरेक व्यक्ति कुनै न कुनै दलविषेशको झन्डा बोकेर पार्टीबाट संरक्षण र फाइदा लिन उद्दत हुन्छन् ।

आजकल कार्यलय सहायक पनि हाकीमको अगाडी छात्ती फुलाएर हिड्छन यस्तै राजनीतिक कनेक्सन को कारण काम प्रति वेवास्था गर्छ र अझ हाकीमकै जागिर खाईदिने सम्मका पहुच देखाउन खोज्छ यो पनि राजनीतिको नकरात्मक प्रभाव हो।सानो तिनो काम पनि दलकै हैसियमा रहेर नितिनियम पालना नगरी नीति विपरीत पहुच नहुनेहरुलाई अन्याय गर्छन् ।राजनीतिले गर्दा हरेक मानिसमा दम्भ बढेको छ । यहाँ सबै नेता बन्न खोज्छन् । नियमकानुनले काम गर्दैन । विधिले चलेको मुलुक न उन्नतिको शिखरमा चढ्ने हो, यहाँ त जता हेर्‍यो अवन्नति अनियमितता मात्र छ कसैले टेर्दैन यो पनि राजनीतिक को नकरात्मक प्रभाव हो।यस्ता यस्ता वेतिथीहरुको पर्दाफास र अन्त्य यही स्थानीय निर्वाचनले फैसल्ला गर्ने छ ।

आजकल चल्दै आएको पद्धति नागरिकहरू आफूलाई सभ्य ईमान्दार देशप्रेमी नेपाली भन्दा पनि दलप्रेमी भएको देखिन्छ एमाले, काँग्रेस, माओवादी र अन्य दलसँग आवद्धताको चिनारीबाट परिचित हुन चाहन्छ । निर्वाचनमा त्यसको प्रभाव पर्नु अस्वाभाविक भएन । हो, नागरिकले नेपालीको परिचय दिने बेला आएको छ स्थानीय तहको निर्वाचनबाट । यही निर्वाचनले फैसल्ला गर्ने छ त्यसैले स्थानीय निर्वाचनको महत्त्व ठुलो भएको हो ।अब नागरिकले यसको सदुपयोग गर्न सक्नुपर्छ ।

नागरिकले राजनीति जान्ने,बुझ्ने र गर्ने मात्र होइन अब जनताको जिम्मेवार बढेको छ ठिक बेठीक,सही गलत पहिचान गर्ने ठम्याउने काम पनि जनताले नै गर्नु पर्छ ।आफ्ना र आफैँ राजनीतिमा लिप्त भएर गलत निर्णय नगरौं । यसले हाम्रो सयोैँ पुस्ता लाई फरक पार्ने छ सही समयमा सही गोल हान्नु पर्ने सुवर्ण समय आएको छ स्थानीय तहमा हाम्रोभन्दा पनि राम्रो मान्छे छानौं । पार्टीभन्दा माथि देश छ भन्ने भावनाको सम्मान गरौँ । यही बेला हो सही र गलत छुट्याउने र समृद्ध नेपालको जग हाल्ने हामीले परिकल्पना गरे जस्तो समाजको निर्माण गर्ने यो सुनोैलो अवसर लाई हेलाईची गर्नु हुन्न यो अवसर र चुनोैती लाई सामना गर्ने हामी र हाम्रो समाजको दावित्व हो यदि हामी साँच्चै परिवर्तनको परखाईमा थियोैँ भने वैशाख ३१ ले आमूल परिवर्तन ल्याउछ भन्ने पूर्ण विश्वास छ तर प्रतिनिधि कस्तो चयन गर्दै छोैँ यो सबैभन्दा महत्त्वपूर्ण विषय हो।