स्थगित सबै परीक्षा दशैँअघि नै - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

स्थगित सबै परीक्षा दशैँअघि नै



काठमाडौं- त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरस संक्रमणका कारण स्थगित स्नातक तथा स्नातकोत्तर तहको परीक्षा असोजभित्र सञ्चालन गर्ने भएको छ।

विद्यार्थीलाई भौतिक रुपमा उपस्थित गराउने तथा विकल्पका रुपमा अनलाइन विधिबाट परीक्षा सञ्चालन गर्नेगरी विश्वविद्यालयले परीक्षा लिने बाटो खोलेको खबर आजको गोरखापत्र दैनिकमा शेषकान्त पडितले लेखेका छन्।

परीक्षा नियन्त्रक पुष्पराज जोशीले गत चैत ७ गतेदेखि विश्वविद्यालयले स्थगित गरेको सबै तहको परीक्षा दशैंअघि सञ्चालन गर्नेगरी परीक्षाको कार्यतालिका तयार पारेको जानकारी दिए।

स्थगित परीक्षा सकेपछि परीक्षाको तयारीमा रहेका स्नातक तथा स्नातकोत्तर तह तथा सेमेस्टर प्रणालीमा सञ्चालित बाँकी विद्यार्थीको परीक्षा लिइने छ। त्यस्ता नियमित परीक्षा भने दशैँपछि सञ्चालन गरिने जानकारी त्रिविले दिएको छ।