BREAKING :स्टेफन हकिङ्को निधन
प्रख्यात भौतिकशास्त्री वैज्ञानिक स्टेफन हकिङको ७६ वर्षको उमेरमा निधन भएको छ ।
ब्ल्याक होल र बिग ब्याङ सिद्धान्तका क्षेत्रमा निकै महत्वपूर्ण योगदान दिएका हकिङलाई आइन्साइटनपछिको चर्चा प्राप्त थियो ।
हकिङसँग १२ वटा मानार्थ डिग्रि थिए भने उनलाई अमेरिकाको सबैभन्दा उच्च नागरिक सम्मान दिइएको थियो ।
केम्ब्रिज विश्वविद्यालयमा गणित र सैद्धान्तिक भौतिकशास्त्रका प्रोफेसर समेत रहेका स्टिफन हकिङले भौतिकशास्त्रमा पुर्याएको योगदान अतुलनीय रहेको छ ।
शारीरिकरुपमा अरुसरह हिंडडुल गर्न नसक्ने भएपनि उनको विद्धतालाई संसारभरिबाट सम्मान प्रकट गरिँदै आइएको छ ।
एक शिक्षित परिवारमा ८ जनवरी १९४२ मा स्टेफन हकिंङको जन्म बेलायतमा भएको थियो । दोश्रो बिश्वयुद्धको समयमा आर्थिक समस्याबाट पार पाउन उनको परिवार अक्सफोर्ड बसाई सर्न बाध्य भयो ।
स्कुल जीवनमा खेलकुद र बिज्ञानमा रुची राख्ने हकिङ औसत किसिमका बिद्धार्थी थिए । ब्रमाण्ड बिज्ञानका ज्ञाता हकिङ अक्सफोर्डमा पढाइको अन्तीम बर्ष भयंकर बिरामी हुन पुगे । शारिरिक रुपले असक्त हकिङले जिबनमा कहिल्यै हार मानेन ।
बोल्न, हिड्न समेत नसक्ने हकिङलाई २१ बर्षको उमेरमा डाक्टरहरुले केवल दुइ बर्षमात्र बाँच्न सक्ने बताए । करीब करीब जिउँदो लासको जिन्दगी बिताउँदै गरेका हकिंङ आफ्नो शारीरिक अपाङ्गतालाई बेवास्ता गर्दै दिमागी सकृयता साथ जिबित रहदै थिए ।