लोक दोहोरी प्रतिष्ठानका उपाध्यक्षको स्टाटसमाथि युकेमा रहेका कलाकारको आपत्ति (प्रमाण सहित) - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

लोक दोहोरी प्रतिष्ठानका उपाध्यक्षको स्टाटसमाथि युकेमा रहेका कलाकारको आपत्ति (प्रमाण सहित)



समीर प्रकाश पाण्डे

नेपाली लोक तथा दोहोरी गीत क्षेत्रका कलाकारहरू विवादमा आउनु चर्चा परिचर्चा हुनु खासै नौलो कुरा त होइन तर पछिल्लो समय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका वरिष्ठ उपाध्यक्ष रमेश बिजीले आफ्नो फेसबुक पोस्टमा लेखिएको स्टाटसलाई लिएर सांस्कृतिक कार्यक्रमको लागि बेलायत पुगेका कलाकारहरूले गम्भीर आपत्ति जनाएका छन् तर स्टाटस पोस्ट गरिएको केही समय मै डिलिट गरिएको थियो ।

रमेश बिजी स्टाटसमा लेख्छन् ..

बेलायतका आफन्तले फोनमा भन्नु भो आज – यो कलाकारलाई नेपाल बोलाउन भन्दिनु न कुनै निहुँ पारेर । । हाम्रो आफ्नै व्यस्तता छ तर फर्कन मरे मान्दैन । म त के भनम के?

लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका वरिष्ठ उपाध्यक्ष रमेश बिजीको यही स्टाटसलाई लिएर कार्यक्रमको लागि बेलायत पुगेकी गायिका सुशीला गौतम लेख्छिन् ।

सायद म पनि बेलायत भएर होला । हाम्रो अभिवभक संस्था का वरिष्ठ उपाध्यक्ष ज्यु ले लेख्नु भको रैछ के हामी भर्खर आफ्नो कलाकारिता लाई जिन्दगी ठान्दै आयेका हरू नेपाल मै मात्रै बस्नु पर्ने हो हाम्रो कला गला विदेश मा प्रयोग गर्न पाइँदैन र? अर्को कुरा यता का दर्शक स्रोता हाम्रा लागि होइननर? कि भिजा पनि हजुर ले स्पोन्सर गर्नु हुन्छ र? ठिकै छ त्यो पनि मान्न तयार छौ। तर हाम्रा दर्शक स्रोता को हुन र कति हुन हजुर ले माप दण्ड बनाइदिबक्सियोस न हजुरलाई फोन आउँछ कुन बेलायत जाने कुन खाडी जाने कुन नेपाल को महोत्सव को ठेक्का मा हिन्ने। अधिवेशन को नाम मा दर्शकले नाम नै नसुनेका वरिष्ठ भनाउदाहरु विदेश को कार्यक्रम को झलक भन्दै फोटो पोस्ट गर्दा दीपावली र पर्व मनाउने अनि हामी एउटा कलाकार ले नेपाली दर्शक खोज्दै आफ्नो कला र गला प्रस्तुतिले डाहा र रिस भोकी जलन भो। अचम्मै छ बा! शुभकामना छ अब लोकदोहोरी को विदेश को कार्यक्रम हजुर को र हजुर ले पठाइएका आफन्त को मात्र होस । हामी नेपालका दर्शक र दोहोरी साझा मै खुसी हुँदै बचुँला अनि हजुर लाई खादा ओढाएर प्रमुख अतिथि भन्दै जदो गरुँला । जय लोकदोहोरी। हस महोदय हामी छिट्टै आउँछौ हजुर एयरपोर्ट मा लिन आउनु पर्छ किनकि हामी हजुरले न सोचेको गिफ्ट लिएर आउदैछौ। जय लोकदोहोरी।

यस्तै यही स्टाटसलाई लिएर कार्यक्रमको लागि बेलायत पुगेका गायक विमल राज क्षेत्री लेख्छन् ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका वर्तमान वरिष्ठ उपाध्यक्ष रमेश बि.जी ज्यु ले गर्नुभएको आजको यो पोस्टले बेलायत बासी नेपाली दाजुभाइ , दीदीबहीनी र हामी कलाकारहरूलाई दुखित बनाएको छ ।म पर्वत वेल्फेयर सोसाइटीको निमन्त्रणामा आएको हु । म लगायत जुना श्रीष, सीता के सी, मिना लामा, कला लम्साल , श्रीजु अधिकारी , बालचन्द्र बराल, जयलक्ष्मी पुन ,सुशीला गौतम (कला पंगेनी आज फर्किनु भो )लगायतका रा लो दो सँग सम्बन्धित कलाकार बेलायतवासी दाजुभाइ तथा दिदी बहिनीहरूले विभिन्न संथाबाट निमन्त्रणा गरेर आएका हौ । यी कलाकार मध्य सबैलाई आयोजक संस्थाकाहरुले माया ममताका साथ, ईज्यतका साथ घर परिवारको माया दिएर राख्नु भएको छ , तल लेखिए बमोजिम कुनै पनि कुरामा सत्यता छैन , रमेश बि. ज्युको आफन्त को हो कुनै कलाकारलाई थाहा छैन ।सम्पूर्ण कलाकारको अभिबाबक संस्था राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठानकै वरिष्ठ उपाध्यक्ष ले लेखेको कुरा सही हो भने ब्याक्ति खुलाएर लेख्नु पर्छ कुन कलाकार बेलायतमा बोझ भएको छ , उहाँको आफन्तलाई कसले दुख्ख दिएको छ,लेख्नु भएको भए राम्रो हुने थियो होइन भने जिम्बेबार ब्याक्ति ले नै यसरी मनकण्ठे रूपमा पोस्ट गर्दा हामी हाल बेलायतमा रहेका कलाकार हरू साह्रै दुखी भएका छौ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले यसको सत्य तथ्य छानबिन गरी हामी बेलायतमा रहेका कलाकार हरूलाई उचित न्यायको माग सहित ध्यानआकर्सण गर्दछौ ।

कार्यक्रमको लागि बेलायत पुगेकी अर्की गायिका जुना श्रीष लेख्छिन्

गीत सङ्गीत क्षेत्रमा एउटा अब्बल व्यक्तित्व लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल का वरिष्ठ उपाध्यक्ष आदरणीय दाइ रमेश बिजीको यो स्टाटस देखेर आज साह्रै चित्त दुख्यो??किनकी मपनी यतिखेर बेलायत मै छु र मलाई बोलाउने संस्था बागलुङ समाज यु के हो। साँच्चै यो कुरा कसैले भनेरै लेख्नु भाको हो भने को कलाकार कुन संस्थाको कल्ले भन्यो भनेर प्रस्ट खुलाएर लेखिदिनुपर्यो दाइ यदि हैन हजुर ले आफै बनावटी लेख्नुभाको हो भने त अहिले बेलायत मा रहनुहुने सम्पूर्ण कलाकार र कार्यक्रम आयोजना गर्नुहुने सङ्घ संस्था र आयोजक हरूको मानहानी भएन र????आज साह्रै नराम्रो लागिरहेको छ ???कलाकार कै अभिभावकले यस्तो कुरा लेखिरहँदा अब हामी कलाकार लाई अरूले हेर्ने र बुझ्ने नजर कस्तो रहला त????????????यदि मैले गल्ती लेखेको छु भने माफी पाम।।

कार्यक्रमकै लागि बेलायत पुगेकी अर्की गायिका सिता के.सी लेख्छिन् ।

अग्रज जान्ने बुझ्ने व्यक्तित्व भएर आज यो लेख्नु राम्रो कुरा होइन!यदि सत्य हो भने प्रस्ट खुलाएर लेख्न अनुरोध गर्दछौँ अर्को कुरा हामी जति पनि छौँ सर-सम्मान माया र इज्जत मा बसेका छौँ दादा,भनिन्छ नि बोल्नु भन्दा अगाडी धेरै सोच्नु पर्छ भनेर ।

नोट:- कलाकारले लेखिएका स्टाटस र प्रतिक्रिया ईडिट नगरी जस्ताको तस्तै राखिएको छ ।