स्टाटअफ क्यान ईन्फोटेकको तयारी पुरा, २ करोड कारोवारको लक्ष्य
आचार्य प्रदीप /बुटवल
बुटवल मण्डपमा फाल्गुण २ देखि ६ गतेसम्म हुने सातौं स्टाटअप क्यान ईन्फोटेकको तयारी पूरा भएको छ । महासंघले सोमबार बुटवलमा पत्रकार सम्मेलन गरि मेलाको सबै तयारी पूरा भएको जनाएको हो । मेलामा १ सय ३० स्टल प्रदर्शनीमा रहने आयोजकले जनाएका छन् ।
पत्रकार सम्मेलनमा बोल्दै क्यान महासंघका केन्द्रीय उपाध्यक्ष नवराज कुवरले मेलामा कारोबारलाई भन्दा पनि दर्शकलाई कसरी सूचना र प्रविधिका बारेमा जानकारी दिने भनेर स्टल समावेश गरिएको बताए । उनले बुटवल आसपासका नागरिकका लागि मेला लाभदायक रहेको बताए ।
ईन्फोटेकमा हार्डवेयर सेल्स तथा मेन्टनेन्स, पावर सोलुसन, मोबाइल एसोसेरिज, डिलर र डिस्ट्रिब्यूर्टस, टेलिकम्यूनिकेशन ,आइएसपी, सफ्टवेयर सोलुसन्स लगायतका स्टल रहने क्यान रुपन्देहीका अध्यक्ष नारायण श्रेष्ठले बताए । उनले मेलामा दर्शकहरुका लागि सूचना र प्रविधिका बारेमा जानकारी दिने उदेश्यले स्टल राखिएकाले अवलोकनको अवसर नछुटाउन आगैह गरे ।
२ लाख दर्शकले इन्फोटेक अवलोकन गर्ने अपेक्षा आयोजकको छ । अवलोकनका लागि सर्वसाधारणहरुलाई प्रवेश शुल्क रु ५० र विधार्थीहरुलाई रु २५ तोकिएको क्यान महासंघ रुपन्देहीका अध्यक्ष नारायण प्रसाद श्रेष्ठले जानकारी दिए ।
स्टाटप्स मुख्य प्रायोजन, ए भिजन एपासर टेन्ड माईक्रो एन्टिभाईरसको सहप्रायोजनामा मेला आयोजना गरिएको हो । पत्रकार सम्मेलनमा स्टाटप्सका सन्तोष पाण्डेले आफू्हरुले शतप्रतिशत छुटको व्यवस्था गरेको जानकारी दिए । कप्यूटर एसोसिएशन नेपाल महासंघ संरक्षक रहने गरि बुटवलमा आयोजना गरिएको हो ।
प्रदर्शनीमा फ्रि सर्भिस क्याम्प, नेपाली टाईपिङ कम्पिटिसन, डान्स कम्पिटिसन,आइसिटी क्विज,भर्चुवल गेमिङ लगायत पनि आर्कषणको रुपमा रहने सहसचिब सुरेश भट्टराइले बताए ।मेला स्थलमा नेपालमै पहिलो पटक आयोजकले अत्याधुनिक सुरक्षा उपकरण जडित प्रबिधियुक्त घर निर्माण गरिएको छ । जुन दर्शक लोभ्याउने मुख्य आकर्षण हुनेछ । मेला स्थल बुटवल मण्डप चिटिक्क सिगारिएको छ । १ लाख दर्शकले अवलोकन गर्ने, २ करोड बाराबरको कारोवार हुने आयोजकले अपेक्षा गरेका छन् ।