२४ वर्ष पुरानो रेकर्ड तोड्दै स्टार्कले बनाए विश्वकीर्तिमान - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

२४ वर्ष पुरानो रेकर्ड तोड्दै स्टार्कले बनाए विश्वकीर्तिमान



एजेन्बिसी -बिहिबार भएको खेलमा अस्ट्रेलियाले वेस्ट इण्डिजलाई १५ रनले पराजित गर्‍यो। हिजोको खेलमा ब्याटिङ र बलिड् दुबैमा अस्ट्रेलियाले आफूलाई सावित गर्‍यो एकसमय ५ विकेटको क्षतिमा ७९ को स्कोरमा रहेको टोलीले सम्हालिएर ब्याटिङ गर्दै २८८ रनको सम्मानजनक स्कोर खडा गर्‍यो।

उसको जितका लागि बलिङ प्रदर्शन झन प्रणावशालीरूपमा महत्वपूर्ण बन्यो। यस खेलमा  बलिङका नायक बने- मिचेल स्टार्क।

उनले १० ओभरमा १ मेडन खेल्दै ४१ रन खर्चेर अस्ट्रेलियाका लागि पाँच चिकेट लिए। उनले क्रिस गेल, जेसन होल्डर, आन्द्रे रसेल र कार्लोस ब्राथवेटको महत्वपूर्ण विकेट झारेका थिए।

यस खेलबाट उनले विश्व रेकर्ड पनि कायम गरे। उनले २४ वर्ष पुरानो रेक्रड तोड्दै नयाँ कीर्तिमान बनाएका छन्।

उनले एकदिवसीय क्रिकेटमा सर्वाधिक छिटो १५० विकेट लिएको कीर्तिमान बनाएका हुन्। विश्वकपमा दोश्रोपटक एकै खेलमा ५ विकेट लिएका स्टार्कले ७७ खेलबाट १५० विकेट लिने कीर्तिमान बनाएका हुन्।

उनले पाकिस्तानका सक्लेन मुस्ताकको कीर्तिमान भंग गरेका हुन्। उनले ७८ खेलबाट १५० विकेट लिएका थिए। उनले यो रेकर्ड सन् १९९५ मा भारत विरूद्धको खेलमा बनाएका थिए।

जारी विश्वकपको २ खेलबाट स्टार्कले हालसम्म ६ विकेट लिइसकेका छन्।