स्टेजमा जम्दै कैलालीका १७ वर्षीय ओली ! - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

स्टेजमा जम्दै कैलालीका १७ वर्षीय ओली !



विशाल पाण्डेय / सुखड,कैलाली ।

पछिल्लो समय ११३ प्रकारका आवाज निकालेर निकै चर्चामा आएका कलाकार हुन कैलालीका दीपेन्द्र ओली ।
कलाकार ,नेताको आवाजदेखि विभिन्न जनवार तथा बाजाहरूको आवाज दुरुस्तै निकाल्न सक्छन् दीपेन्द्रले ।

कैलालीको घोडाघोडी नगरपालिका -१ मा बुवा तेज बहादुर ओली र आमा निर्मला ओलीको कोखबाट २०५७ साल फागुन २५ गते(१७) जन्मिएका दीपेन्द्रलाई विभिन्न ठाउँमा भएका मेला महोत्सवमा हिजोआज भ्याइनभ्याई छ ।

सानै देखि गीत गाउने रुचि राख्ने उनले सुखडका एफ एम हरूमा गएर छुट्टाछुट्टै आवाजमा क्यारिकेचर गरी प्रचार समेत बनाउँथे । २०७२ सालदेखि मेला महोत्सवमा हिँड्न थालेका दीपेन्द्र पछिल्लो एक वर्षमा निकै चर्चा कमाउन सफल भए ।

नेपालको पोखरा, चितवन ,बुटवाल , भैरहवा ,कपिलवस्तु धनगढी लगायतका विभिन्न ठाँउहरु गरी नेपालका ३५ वटा जिल्लामा आफ्नो सहभागिता जनाइसकेका दीपेन्द्रले भारतको दिल्ली तथा आसपासका ठाउँमा पनि सहभागिता जनाइ प्रस्तुति देखाइ सकेका छन् ।

नाककको प्वालबाट गितार , बीबीसी नेपाली सेवाको धुन, घाटिबाट सनाही लगाएतको विभिन्न किसिमको बाजाको आवाज निकाल्न सक्ने दीपेन्द्र अहिले भारतीय चर्चित रियालिटो सो मोटु पत्लुको आवाजको क्यारिकेचरले बालबालिकाको लागि एकदमै रुचाइएको कलाकारमा समेत पर्छन् ।

राष्ट्रिय उच्च मावि सुखडमा १२ मा पढ्दै गरेका दीपेन्द्रले  हाँस्य कलाकार शिवहरि पौडेल, अर्जुन घिमिरे ‘पाँडे’ देखि कुमार कट्टेल ‘जिग्रीसम्म लगाएतको आवाज दुरुस्तै निकाल्न सक्छन् ।

क्यारिकेचर गर्ने कलाकाहरुहरुको भिडमा आफूले विभिन्न बाजागाजा, जनवारको पनि आवाज निकाल्न सक्ने भएकाले आफू अरू भन्दा फरक भएको बताउँछन् । हिजोआज स्ट्यान्ड कमेडी पनि गर्ने दीपेन्द्रले राष्ट्रपति विद्या भण्डारी, झुलनाथ खनाल तथा मोहन वैद्यको क्यारिकेचरहरु अरूले गरेको खासै नदेखिएकाले आफू अरू भन्दा केही फरक रूपमा प्रस्तुत भएको बताउँछन् ।

हिजो आज मेला महोत्सवमा धेरै नै बिजी हुने दीपेन्द्रलाई सुरुसुरुमा घर परिवारबाट यो क्षेत्रमा लाग्दा खासै राम्रो हुन्न भन्दै असहयोग भएको सुनाए । पछि विभिन्न मेला महोत्सवमा जाँदै गर्दा नाम र दाम दुवै कमाएको देखेर घर परिवारले ठिक छ भन्दै प्रोत्साहन गर्नु भएको दीपेन्द्रले हिमाल पोस्टलाई बताए ।

अब यसै क्षेत्रमा अगाडि बढ्ने सोच बनाएको बताउँदै उनले महोत्सवकै क्रममा पुन: शनिवार कपिलवस्तु र त्यसपछि रुकुम जाने बताए ।