स्ववियु सभापतिमा विद्यार्थी नेता खगेन्द्र अभण्डारीको उम्मेदवारी - Himal Post Himal Post
  • २ असार २०८३, मंगलवार
  •      Tue Jun 16 2026
Logo

स्ववियु सभापतिमा विद्यार्थी नेता खगेन्द्र अभण्डारीको उम्मेदवारी



हिमाल पोस्ट /फागुन ११

यति बेला देशैभरि स्वबी यु चुनावको माहोल तातिरहेको छ यता स्याङ्जा जिल्लामै नतिजाको हिसाबले अग्रणी क्याम्पस मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसमा आसन्न स्वतन्त्र विद्यार्थी युनियनको चुनावका निम्ति युवाहरू माझ अति लोकप्रिय विद्यार्थी नेता खगेन्द्र भण्डारीको उम्मेद्बारीले ग्रामीणबिकासमा चासो दिने सबैको ध्यानाकर्षण गराएको छ। खगेन्द्र भण्डारी आफैमा एउटा उदाहरण भएको विद्यार्थीहरू बताउछन् ।

नेपाल विद्यार्थी सङ्घ सार्वजनिक उच्च माबी को २०६८ सालमा ने बि सङ्घ इकाई सदस्य बाट आफ्नो राजनैतिक यात्रा सुरु गरेका उनी व्यक्तित्व र सिद्धान्त ले गर्दा सभापति हुँदै क्याम्पस सभापति समेत हुन।नेपाली काङ्ग्रेस मालुङ्गाको सचिव उनी २ दर्जन बढी सङ्घ सस्थामा आबद्ध छन् ।ग्रामीण भेगको विकासमा पर्याय का रूपमा परिचित उनी स्वच्छ निर्भीक व्यक्ति को रूपमा परिचित छन् ।

अन्य सङ्गठन माझ पनि लोकप्रियउनी सञ्चारकर्मी सङ्घ नेपालका केन्द्रीय सचिव एवम् एक कुशल प्रशिक्षक पनि हुन।सर्बोत्कृष्ट राष्ट्रिय प्रशिक्षक पुरस्कार २०७३ बाट सम्मानित उनी विजयी भएमा मालुङ्गाको शैक्षिक क्षेत्रमा उल्लेखनीय सुधार हुने विद्यार्थी अबिभाबकहरुको कथन छ।