एसएसपी पोखरेल बोलेपछि प्रहरी नै चकित ! - Himal Post Himal Post
  • २१ माघ २०८२, मंगलवार
  •      Tue Feb 3 2026
Logo

एसएसपी पोखरेल बोलेपछि प्रहरी नै चकित !



प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलले आफू मातहतका प्रहरी कार्यालयमा रहेका मुद्दाको अनुसन्धान गर्ने प्रहरीलाई आर्थिक लोभमा नपरी काम गर्न निर्देशन दिएका छन् ।

काठमाण्डुका सम्पूर्ण प्रहरी कार्यालयका मुद्दा शाखा तथा उजुरी छानबिन शाखामा काम गर्ने १ सय १५ जना प्रहरीलाई शनिबार आर्थिक लोभलालसबाट टाढा रहेर अपराध अनुसन्धान गर्न निर्देशन दिएका हुन् ।

उनले कुनै पनि नागरिक आफूलाई समस्या नपरी प्रहरी कार्यालयमा नआउने भन्दै समस्यामा परेका नागरिकबाट आर्थिक लाभ लिनु अपराध भएको बताए ।

‘निष्पक्ष अनुन्धान गरी जनतालाई न्याए दिनुपर्छ’, उनले भने, ‘पहिला के कसो भयो त्यो कुरा म गर्दिनँ, तर अब त्यस्तो भएको थाहा पाए राम्रो हुनेछैन ।’

‘प्रहरी भनेको पीडितका पक्षमा उभिने हो, पीडकले आफ्नो पक्षमा फैसला पार्न आर्थिक लोभ देखाउने गर्छन्, २–४ सयमा आफ्नो नोकरी धरापमा राख्ने काम नगर्नु,’ एसएसपी पोखरेलले भनेको कुरा सम्झदै ती अधिकृतले भने, ‘राम्रो काम गर्नेलाई सम्मान हुन्छ, पीडितको आसु खाने होइन राम्रो काम गरी पुरस्कार प्राप्त गर्नु त्यसको सुरूवात अब हुदैछ ।’

एसएसपी पोखरेलले आफूभन्दा माथिकाले यस्तो अपराध गरेमा सोझै आफूलाई खबर गर्न आदेशसमेत दिए ।