यस्तो छ एसएसपी लोहनीको बयान - Himal Post Himal Post
  • १० माघ २०८२, शुक्रबार
  •      Fri Jan 23 2026
Logo

यस्तो छ एसएसपी लोहनीको बयान



यस्तो छ एसएसपी लोहनीको बयानको अंशः

जाहेरीवाला र मृतकलाई म चिन्दिनँ। कसले कसरी हत्या गर्‍यो, त्यसबारे पनि मलाई थाहा छैन। घटनाको दिन म महानगरीय अपराध महाशाखा टेकुको प्रमुखका रुपमा कार्यालयमा कार्यरत थिएँ।

कार्यालयमा काम गरिरहेको अवस्थामा सई बालकृष्ण सञ्जेल २ बजेतिर मेरो कार्यालयमा आए। उनले ‘गोरे’ भन्ने अपराधी व्यक्तिले ३३ किलो सुन प्रकरणमा एक जना मान्छे मारेको खबर आफूले पाएको बताए। उनले बचाउन सकिन्छ कि, केही उपाय लाग्छ कि, बचाइदिनुपर्योो भनी प्रस्ताव गरेका थिए।

मैले तत्कालीन महानिरीक्षक प्रकाश अर्याललाई सम्पर्क गर्न खोजेँ। उहाँ बिदामा बसेकाले कल डाइभर्ट थियो। निमित्त प्रहरी महानिरीक्षक बमबहादुर भण्डारीको फोनमा डाइभर्ट भएको थियो।

बमबहादुर सरलाई जानकारी गराई सूचना अनुसार खोजी गर्न निर्देशन दिएँ। शव मोरङतिर भएको पाइएपछि निमित्त महानिरीक्षक सरलाई पनि जानकारी गराएको थिएँ। त्यसपछि थप खोजी गर्न डिएसपी प्रजित केसीको टिमलाई निर्देशन दिएको थिएँ। सोही अनुसार उनीहरुले शव बरामद गरी मोरङमा बुझाएका हुन्।

फोनमा उप्रेतीसँग कुरा गरेर उनलाई पनि पक्राउ गर्ने प्रयास भएको थियो। तर, उनी विदेश भागे। अनुसन्धानमा कुनै गलत नियत राखेका थिएनौं।