श्रीमानले कुटेर श्रीमतीलाई मारे - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

श्रीमानले कुटेर श्रीमतीलाई मारे



बागलुङको ताराखोलामा आफ्नै श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु भएको छ । शुक्रबार ताराखोला गाउँपालिका, २ खलडांडाका ६६ वर्षीय श्रीमान् देउप्रसाद छन्त्यालको कुटाईबाट ७० बर्षिया तुलमाया छन्त्यालको मृत्यु भएको हो ।

श्रीमान मादक पदार्थ सेवन गरी घर अाए पछि श्रीमान र श्रीमतीबीच विवाद भएको थियो । विवादकै क्रममा श्रीमानले लठ्टीले श्रीमतीको टाउकोमा प्रहार गरेका थिए ।

उपचारको क्रममा तुलमायाको प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक गापिन्द्र बहादुर खड्काले बताए । प्रहरीले देउबहादुरलाई नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेकाे छ ।नयाँ पत्रीका