लास जलाउन बाध्यकारी बनाएपछि श्रीलंकामा तनाव - Himal Post Himal Post
  • १ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 14 2024
Logo

लास जलाउन बाध्यकारी बनाएपछि श्रीलंकामा तनाव



एजेन्सी- कोरोना भाइरसबाट संक्रमित भएर ज्यान गुमाउनेहरुलाई जलाएर अन्त्येष्टि गरिने नियम अब श्रीलंकामा बाध्यकारी हुने भएको छ ।

मृतकको धर्म जुनसुकै भए पनि कोरोनाबाट संक्रमित भएको खण्डमा जलाएर अन्त्योष्टि गर्नुपर्ने भएको छ ।

तर सरकारको यस्तो निर्णयले त्यहाँका अल्पसंख्यक मुुसलमान धार्मिक समुदायलाई भने असर गर्नेछ ।

समाचार संस्था एएफपीको अनुसार श्रीलंकामा कोरोना भाइरसको कारण मर्नेको संख्या अहिलेसम्म सात पुगिसकेको छ । यीमध्ये तीनजना मुसलमान धर्मका रहेका छन् ।

मृत्यु हुनै सबै मुसलमानहरुलाई उनीहरुको आफन्तहरुको स्विकृतिबिना नै जलाईएको थियो ।

आईतबार श्रीलंकाका स्वास्थ्य मन्त्री पवित्रा वाणी अराचछीले कोरोनाबाट मृत्यु हुने तथा यसबाट मृत्यु भएको आशंका गरिएको प्रत्येक नागरिकलाई जलाउन अनिवार्य गरिने घोषणा गरेकी थिइन् ।

तर विश्व स्वास्थ संगठनले कोरोना भाइरसबाट संक्रमित मृतकलाई जलाउन वा गाड्न दुवै मिल्ने बताएको छ । तर श्रीलंकाको सरकारले भने अल्पसंख्यक मुसलमानहरुलाई उपेक्षा गर्दै यस्तो निर्णय सुनाएको हो ।

हालसम्म श्रीलंकामा दुईसयभन्दा धेरै जना कोरोना संक्रमित पाइएको छ । संक्रमण रोकथामका लागि उक्त मुलुकमा अनिश्चितकालीन कर्फ्यू लागू गरिएको छ ।

श्रीलंका सरकारको यो फैसलालाई धेरै मोर्चाहरुले आलोचना गरेको छ । श्रीलंकामा २.१ करोड जनसंख्या रहेको छ जसमा १० प्रतिशत जनसंख्या मुसलमान समुदायको छ ।