श्रीलंका : बम विस्फोटको जिम्मा इस्लामिक स्टेटले लियो - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

श्रीलंका : बम विस्फोटको जिम्मा इस्लामिक स्टेटले लियो



श्रीलंका– श्रीलंकामा ३ सय बढीको जनाको ज्यान जानेगरी भएको श्रृङ्खलाबद्ध बम विस्फोटको जिम्मा आतंककारी सञ्जाल इस्लामिक स्टेटले लिएको छ ।

अमाक एजेन्सीमार्फत् आक्रमणको जिम्मा इस्लामिक स्टेटले लिएको हो । गत आइतबार ‘इष्टर सन्डे’का दिन इसाई धर्मावलम्बीलाई लक्षित गरी भएको बम आक्रमणमा ३ सय भन्दा बढीको मृत्यु भएको जनाइएको छ । अरु ५ सय भन्दा धेरै घाइते भएका छन् ।

श्रीलंकाली सुरक्षा अधिकारीले आक्रमणमा श्रीलंकको स्थानीय अतिवादी समूह नेशनल तौहिथ जमाथको हात रहेको बताएका थिए । यद्यपि आक्रमणमा वाह्य समूहको हात रहेकोबारे पनि अनुसन्धान भइरहेको बताइएको छ ।

आक्रमणपछि श्रीलंकामा संकटकालको घोषणा गरिएको छ भने मंगलबारका लागि त्यहाँ राष्ट्रिय शोकको घोषणा समेत गरिएको छ ।