श्रीलंकामा आत्मघाती बम बिस्फोटका मुख्य नाइके मारिए - Himal Post Himal Post
  • ३० माघ २०८२, बिहीबार
  •      Thu Feb 12 2026
Logo

श्रीलंकामा आत्मघाती बम बिस्फोटका मुख्य नाइके मारिए



एजेन्सी – श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले गत आइतवार २५३ जनाको मृत्यु हुने गरी भएको आत्मघाती बम विस्फोटका मुख्य नाइके मानिएका जाहरन हास्इमको मृत्यु भएको बताएका छन् ।

साङ्ग्रीला होटलमा आक्रमणका क्रममा स्थानीय लडाकू समूहका नाइके हास्इमको मृत्यु भएको सिरिसेनाले बताएका हुन् । उनलाई इलहाम इब्राहिम नाम गरेका दोस्रो आत्मघाती आक्रमणकारीले सहयोग गरेको बताइएको छ ।

सो सूचना घटनास्थलको सिसिटिभि भिडियो र सैन्य गुप्तचर एजेन्सीहरुको सूचनामा आधारित भएको सिरिसेनाले बताएका हुन्।

नेशनल थोहिथ जमात नामक उक्त संस्थाले नै आक्रमण गराएको भन्दै श्रीलंकाली सरकारले हसिमको तीव्र रुपमा खोजी भइरहेको बताएको थियो।

इस्लामिक स्टेटले आक्रमणमा आफ्नो संलग्नता रहेको दाबी गर्दै जारी गरेको भिडियोमा हसिमसमेत देखापरेका थिए।