श्रीलंका र अफगानिस्तानको घमासान : पहिलो जित कसको ? - Himal Post Himal Post
  • ७ आश्विन २०८१, सोमबार
  •      Mon Sep 23 2024
Logo

श्रीलंका र अफगानिस्तानको घमासान : पहिलो जित कसको ?



एजेन्सी । इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज (मंगलबार) एक खेल हुँदैछ ।

कार्डिफमा मंगलबार हुने एक मात्र खेलमा दुई दक्षिण एसियाली राष्ट्र श्रीलंका र अफगानिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:१५ मा सुरु हुनेछ।

सोफिया गार्डेनमा मैदान उत्रदा दुवै टोली पहिलो जितको खोजीमा रहने छन् । पहिलो खेल गुमाएको दुवै टोली दोस्रो खेलमा दुवै टोली अंक जोड्न चाहन्छ ।

पहिलो खेलमा श्रीलंका न्युजिल्याण्डसंग १० विकेटले पराजित भएको थियो । श्रीलंका तालिकाको पुछारमा रहेको छ । अफगानिस्तानविरुद्ध मैदान उत्रदा श्रीलंका सहज जितको खोजीमा हुनेछ ।

यस्तै अफगानिस्तान पहिलो खेलमा अष्ट्रेलियासंग ७ विकेटले पराजित भएको थियो । तालिकाको नवौं स्थानको अफगानिस्तान श्रीलंकालाई हराएर विश्वकपमा पहिलो जित निकाल्न चाहन्छ ।