श्रीदेवीको हत्या भएको प्रहरीको खुलासा - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

श्रीदेवीको हत्या भएको प्रहरीको खुलासा



काठमाडौं- भारतीय नायिका श्रीदेवीबारे भारतीय प्रहरीले उनको कत्या भएको बताएपछि हङ्गामा मच्चिएको छ । गतवर्षको फेब्रुअरी २४ तारिखमा भारतीय चर्चित अभिनेत्री श्रीदेवीको निधन भएको थियो।

हालै श्रीदेवीको मृत्युबारे केरलाका प्रहरी महानिर्देशक (डीजीपी) ऋषिराज सिंहले श्रीदेवीको निधन बाथ ट्युबमा डुबेर नभएको बताएक हुन् ।

सिंहले श्रीदेवीको हत्या भएको बताएका हुन्। सिंहले केरलाको एक पत्रिकामा लेखेका छन्,‘श्रीदेवीको मृत्यु बाथट्युबमा डुबेर भएको थिएन, उनको हत्या भएको थियो।’

सिंहले आफूले श्रीदेवीको निधनको अनुसन्धानमा खटेका व्यक्ति र मेडिकल टिमसँग गरेको कुराकानीको आधारमा यस्तो दाबी गरेको बताएका छन्।

यस मामलामा डाक्टर उमादथनले पनि आफ्नो विचार राखेका थिए। उनले भनेका थिए,‘मानिस जति मात्तिए पनि एक फिट पानीमा डुब्दैन। उ त्यतिबेला डुब्छ जतिबेला उसको दुवै खुट्टा कसैले पक्रिन्छ या उसको शिर टाउकोमा डुबाइदिन्छ।’

प्रहरी महानिर्देशक ऋषिराज सिंहको यस अभिव्यक्तिसँगै श्रीदेवीका पति बोनी कपुर भड्किएका छन्।

उनले भने,‘म यस्ता हावादारी कुरामा प्रतिक्रिया दिन चाहन्न। यस्ता कुरा कल्पना बाहेक केही होइन। यस्ता कुरा उठिरहन्छन्। सबै कुरामा प्रतिक्रिया जनाउनै पर्छ भन्ने पनि छैन।’