श्रीलंकामा कर्फ्यू, २०७ को मृत्यु, शंकास्पद पक्राउ - Himal Post Himal Post
  • ३० माघ २०८२, बिहीबार
  •      Thu Feb 12 2026
Logo

श्रीलंकामा कर्फ्यू, २०७ को मृत्यु, शंकास्पद पक्राउ



एजेन्सी– श्रीलंकामा आइतबार भएको श्रृङ्खलावद्ध विस्फोट पश्चात श्रीलंका सरकारले देशभर कर्फ्यूको घोषणा गरेको छ।

विस्फोटमा २०७ जनाको मृत्यु भएको छ भने कम्तिमा ४५० जना घाइते भएका छन्। मृतकको संख्या अझै बढ्न सक्ने बताइएको छ।

विभिन्न आठ ठाउँमा भएको विष्फोटमा खासगरी होटल र चर्चलाई निसाना बनाइएको छ। विष्फोटमा ३५ जना विदेशी नागरिक समेत मारिएका समेत बताईएको छ। अहिलेसम्म कसैले पनि विष्फोटको जिम्मेबारी दिएको छैन। प्रहरीले विष्फोटमा संलग्न भएको आशंकामा ७ जनालाई पक्राउ गरेको छ।

घटनाको अवस्थाको बारेमा जानकारी लिन श्रीलंकाका प्रधानमन्त्री रानिल विक्रमा सिंघेले मन्त्रीपरिषद्को आपतकालिन बैठक बोलाएका छन्।

यस्तै विष्फोटलाई मध्यनजर गर्दै प्रहरी र डाक्टरहरु विदा रद्द गरिएको छ भने विदामा रहेका डाक्टर र नर्सहरुलाई ड्युटीमा बोलाइएको छ। साथै सरकारले सोमबार र मंगलबार विद्यालयहरु बन्द गर्न आदेश दिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।