हैदराबादले दियो मध्यम लक्ष्य: दिल्लीले जित्ने सम्भावना बढ्यो - Himal Post Himal Post
  • २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
Logo

हैदराबादले दियो मध्यम लक्ष्य: दिल्लीले जित्ने सम्भावना बढ्यो



एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा सनराइजर्स हैदराबादले दिल्ली क्यापिटल्सलाई जितका लागि १ सय ६३ रनको लक्ष्य दिएको छ ।

अबुधाबीस्थित शेख जायद स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६२ रन बनायो ।

हैदराबादका लागि जोनी बेयर्स्टोले ४८ बलमा ५३ रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान डेभिड वार्नरले ४५ रन जोड्दा केन विलियम्सनले ४१ रन बनाए ।

अब्दुल समाद १२ रनमा अविजित रहदा मनिस पाण्डे ३ रनमा आउट भए ।

दिल्लीका अमित मिश्रा र कागिसो राबडाले २/२ विकेट लिए ।

आज हैदराबाद दिल्लीलाई हराएर पहिलो जित निकाल्ने लक्ष्यमा रहेको छ । हैदराबादले अघिल्ला दुई खेल गुमाएको थियो ।

पहिलो खेलमा हैदराबाद रोयल च्यालेन्जर्स बैंगलोरसँग १० रनले पराजित भएको थियो । यस्तै दोस्रो खेलमा हैदराबाद कोलकत्ता नाइट राइडर्ससँग ७ विकेटले पराजित भएको थियो ।

दिल्ली भने लगातार तेस्रो जितको खोजीमा रहेको छ । अघिल्ला दुई खेलमा अपराजित दिल्ली ४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

दिल्लीले पहिलो खेलमा किङ्स इलाभेन पन्जाबलाई सुपर ओभरमा हराएको थियो । दोस्रो खेलमा दिल्लीले चेन्नई सुपर किङ्सलाई ४४ रनले हराएको थियो ।