हैदरावादद्वारा राजस्थानलाई १६१ रनको लक्ष्य - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

हैदरावादद्वारा राजस्थानलाई १६१ रनको लक्ष्य



एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) को ४५ औं खेलमा सनराइजर्स हैदरावादले राजस्थान रोयल्सलाई १ सय ६१ रनको लक्ष्य दिएको छ ।

जयपुरमा टस हारेर ब्याटिङ थालेको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ६० रन बनायो । हैदरावादका मिडिल अडरका ६ ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । हैदरावादका मनिष पान्डेले सर्वाधिक ६१ रन बनाए । १५ ओभरको अन्तिम बलमा श्रेयस गोपालले सन्जु स्यामसनबाट क्याच आउट गराउनु अघि ३६ बलमा ९ चौका प्रहार गरे ।

ओपनर डेविड वार्नर ३७ रनमा आउट भए । ३२ बलको सामना गरेका वार्नरले कुनै पनि छक्का र चौका प्रहार गर्न सकेनन् । वार्नरलाई १३ ओभरको पहिलो बलमा ओशन थोमसले स्टिभ स्मिथबाट क्याच आउट गराए । हैदरावादको मिडिल अडरको प्रर्दशन सम्झन लायक रहेन । कप्तान केन विलियम्सन १३,विजय शंकर ८,दिपक हुड्डा शुन्य,सकिव अल हसन ९ र रिद्धीमान साह ५ रनमा आउट भए ।

राशिद खानले ८ बलमा समान १ चौका र छक्का प्रहार गर्दै १७ रनमा अविजित रहे । राजस्थानका श्रेयस गोपाल,ओशन थोमस,जयदेव उनादकट र बरुण आरोनले समान २ विकेट लिए ।