आइपिएल : सनराइजर्सलाई कोलकाताले यसरी हरायो : रोमान्चक खेल - Himal Post Himal Post
  • ९ आश्विन २०८१, बुधबार
  •      Wed Sep 25 2024
Logo

आइपिएल : सनराइजर्सलाई कोलकाताले यसरी हरायो : रोमान्चक खेल



नयाँ दिल्ली- कोलकाता नाइटराइडर्सले इन्डियन प्रिमियर लिग-आईपिएल क्रिकेटको यो सिजन विजयी सुरुवात गरेको छ। आफ्नो पहिलो खेलमा कोलकाताले आइतबार साँझ सनराइजर्स हैदरावादलाई ६ विकेटले हरायो। कोलकाता नाइटराइडर्सले एक सय ८२ रनको लक्ष्य दुई बल बाँकी छँदा चार विकेट गुमाएर भेट्टायो।

कोलकाताको पालीमा आन्द्रे रस्सेलले आक्रामक ब्याटिङ गर्दै निर्णायक प्रदर्शन गरे। उनले १९ बलमा चार छक्का र चार चौकाको मदतमा अविजित ४९ रन जोडे। नितिस रानाले ४७ बलमा तीन छक्का र ८ चौकाको मदतमा ६८ रन बनाए।

रोबिन उथ्थपाले पनि ३५ रन जोडे। सात रन जोड्दा पहिलो विकेटका रुपमा क्रिस लिनलाई गुमाएको कोलकाताले दोस्रो विकेटका लागि ८० रनको साझेदारी गरेको थियो। कोलकाताले अन्तिम ५ ओभरमा ६९ र अन्तिम दुई ओभरमा ३५ रन जोड्यो। १० खेलेका सुबमान जिल दुई छक्का प्रहार गर्दै १९ रनमा अविजित रहे। यसअघि पहिला ब्याटिङ गरेको सनराइजर्सले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर एक सय ८१ रन जोड्यो।

सनराइजर्सको पालीमा ओपनर डेभिड वार्नरले ८५ रन बनाए। जोनी बेयर्स्टले ३८ र विजय शंकरले अविजित ४० रन बनाए। हैदरावादले पहिलो विकेटका लागि एक सय १८ रनको साझेदारी गरेको थियो १२ ओभर पाँच बलमा।

वार्नरले ५३ बलमा तीन छक्का र ९ चौका प्रहार गरे। उनलाई दोस्रो विकेटका रुपमा आन्द्रे रस्सेलले रोबिन उथ्थपाबाट क्याच आउट गराएका थिए।