हैदरावादलाई १३३ रनको लक्ष्य : चेन्नईको फिक्का खेल - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

हैदरावादलाई १३३ रनको लक्ष्य : चेन्नईको फिक्का खेल



एजेन्सी । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किङ्सले घरेलु टोली सनराइजर्स हैदरावादलाई जितका लागि १३३ रनको सामान्य लक्ष्य दिएको छ ।

राजिब गान्धी क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले पुरै २० ओभर खेल्दै ५ विकेट गुमाएर १३२ रन बनायो ।

चेन्नईका लागि फाफ डु प्लेसिसले ४५ रन जोड्दा सेन वाट्सनले ३१ रन बनाए ।

दुवै टोली आज जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् । चेन्नई आफ्नो जितको लयलाई कायम राख्न चाहन्छ । घरेलु टोली जित निकाल्दै अंक तालिका सुधार गर्ने पक्षमा हुनेछ ।

आठ खेलमा एक मात्र हार व्यहोरेको चेन्नई १४ अंक सहित शीर्ष स्थानमा छ । चेन्नई घरेलु टोलीलाई हराएर प्ले अफ सम्भावना  चाहन्छ ।

यता, घरेलु टोली हैदरावाद चेन्नईको विजय यात्रालाई पूर्णविराम लगाउँदै शीर्ष चारमा पुग्न चाहन्छ । हैदरावाद ७ खेलबाट ६ अंक जोडेर छैटौं स्थानमा छ  ।

चेन्नई र हैदरावादबीचको पछिल्लो पाँच भेटमा चेन्नई बलियो रहेको छ । चेन्नईले ४ खेलमा जित निकाल्दा हैदरावादले एक खेल जितेको छ ।